महालक्ष्मीको सरसफाइ तथा बैङ्किङ कारोबारबारे जानकारी

‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नारा रहेको सरसफाइ अभियान दरबारमार्ग क्षेत्रमा केन्द्रित थियो । बैङ्कले आफ्ना विभिन्न शाखामार्फत बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कको दरबारमार्ग शाखाले सरसफाइ तथा बैङ्किङ कारोबारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । ‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नारा रहेको सरसफाइ अभियान दरबारमार्ग क्षेत्रमा केन्द्रित थियो ।

बैङ्कले आफ्ना विभिन्न शाखामार्फत बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठसहित दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरु र स्थानीय वासिन्दा पनि सरसफाइ अभियानमा सरिक भएका थिए ।

बैङ्कका प्रतिनिधिहरुले सरसफाइ कार्यक्रमका अतिरिक्त सर्वसाधारणमाझ बैङ्किङ कारोबारसम्बन्धी जानकारी दिएका थिए ।