सङ्घीय संसदको अर्थ समितिको सोमबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले दुई वर्षभित्र रेलमार्गको डीपीआर सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने योजना बनाइएको बताए । डीपीआर बनाउन झन्डै ३२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने सचिव अधिकारीले बताए ।
काठमाडौं । छिमेकी मुलुक चीनसँग जोड्ने केरुङ—काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी दुई वर्षभित्र सम्पन्न हुने भएको छ । सङ्घीय संसदको अर्थ समितिको सोमबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले दुई वर्षभित्र रेलमार्गको डीपीआर सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने योजना बनाइएको बताए । डीपीआर बनाउन झन्डै ३२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने सचिव अधिकारीले बताए ।
सचिव अधिकारीका अनुसार उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । चीनको फस्ट सर्भे डिजाइन इन्स्टिच्युटले सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइसकेको उनले बताए । त्यस्तै, वीरगञ्ज—काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि पनि झन्डै ५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा रेलमार्गलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।