राष्ट्रिय वाणिज्य देशकै ठुलो बैंक, १८१ अर्ब निक्षेप परिचालन

७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालमा रहेको बैंङ्कले जनाएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैयमाससम्म बैंङ्कले २ अर्ब ४१ करोड रुपैंया खुद नाफा गरेको छ ।

काठमाडौं । निक्षेप परिचालनका आधार सबैभन्दा ठुलो बैंङ्क सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंङक भएको छ । बैंकले हालसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ ।

समीक्षा अवधिमा १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंङ्कले जानकारी दिएको छ । ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालमा रहेको बैंङ्कले जनाएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैयमाससम्म बैंङ्कले २ अर्ब ४१ करोड रुपैंया खुद नाफा गरेको छ ।

बैंङ्कको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।