उसले चीनको सीसीके होल्डिङस कम्पनी लिमिटेड, आईईजी होल्डिङ्स कम्पनी लिमिटेड कोरिया, पावर चाइना लिमिटेड, सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट लिमिटेड, चीन, टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङस लिमिटेड (टेप्को) जापान र कोरियन साउर्दन पावर कम्पनी लिमिटेड (कोस्पो)सँग लगानी ल्याउन एमओयू गरेको हो ।
काठमाडौं । सरकारको ८० प्रतिशत स्वामित्व रहेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आधा दर्जन विदेशी प्रवद्र्धकको साझेदारीमा जलविद्युत आयोजना बनाउने भएको छ ।
एआईडीसीएलले चीन, दक्षिण कोरिया र जापानका गरी आधा दर्जन कम्पनीसँग लगानीका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । उसले चीनको सीसीके होल्डिङस कम्पनी लिमिटेड, आईईजी होल्डिङ्स कम्पनी लिमिटेड कोरिया, पावर चाइना लिमिटेड, सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट लिमिटेड, चीन, टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङस लिमिटेड (टेप्को) जापान र कोरियन साउर्दन पावर कम्पनी लिमिटेड (कोस्पो)सँग लगानी ल्याउन एमओयू गरेको हो ।
ठूला जलविद्युत आयोजना विकासको ठूलो वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय प्रवद्र्धकसँग समझदारी गरेको एचआईडीसीएलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले आईजी होल्डिङ्स र कोरियन साउदर्नसँग एमओयू भइसकेको र बाँकी कम्पनीसँग हुने चरणमा रहेको जानकारी दिए ।
२५० मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणका लागि लगानी जुटाउने सम्बन्धमा कोरियन साउदर्न पावरसँग एमओयू भएको छ । उसले जलविद्युत आयोजनमा लगानी जुटाउने एमओयूमा उल्लेख गरेको छ । कोरियन साउर्दनले नौमुरेमा लगानी गर्न इच्छा देखाएको छ ।
यस्तै साङ्घाई इन्भेस्टिगेसनले रोल्पामा रहेको १५६ मेगावाटको माडी जलाशययुक्त आयोजना बनाउने प्रस्ताव गरेको उनले सुनाए । जापानको टोकियो इलेक्ट्रिकले ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना बनाउने समझदारी गरेको छ । नलगाडको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ ।
सीसीके होल्डिङ्स, पावर चाइना र आईजीसँग एमओयू भए पनि आयोजना छनोटको चरणमा रहेको उनले जानकारी दिए । विदेशी लगानीका विषयमा विभिन्न खाकामा छलफल भइरहेको उनले बताए । केही कम्पनीले लगानी गर्ने आयोजना पहिचान गरिसकेको र बाँकीले पनि गर्ने उनले जानकारी दिए । अरुण किमाथाङ्का, तल्लो अरुणलगायत आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले चासो देखाएका छन् ।
चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेकोमा कम्पनीको सातौं वार्षिक साधारणसभाले चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पु¥याउने निर्णय गरेको छ । पुँजीगत आधार बढाउन एचआईडीसीएलले २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासनको तयारी गरेको छ ।
एचआईडीसीएलले विभिन्न बैङ्क तथा वित्तीय संस्थाको साझेदारीमा १३ जलविद्युत आयोजनामा ऋण लगानी गरेको छ । यस्तै आधा दर्जन आयोजना र कम्पनीमा स्वपुँजी (इक्विटी) लगानीसमेत गरेको छ । सार्क डेभलपमेन्ट फन्ड (एसडीएफ)को सहुलियत कर्जा एचआईडीसीएलमार्फत निर्माणाधीन माथिल्लो त्रिशूली ३ बी आयोजनामा लगानी गर्ने समझदारी भएको छ ।
जलविद्युतमा लगानी गर्न सरकारले एचआईडीसीएल स्थापना गरेको हो ।