काठमाडौंमा सवारी साधन दर्ताको पारो उकालोतर्फ, कर्णालीमा सबैभन्दा कम

भौतिक पूर्वाधार यातायात व्यवस्थापन विभागको तथ्याङ्क अनुसार २८ वर्षको अवधिमा वागमती अञ्चलमा १० लाख ४२ हजार ८ सय ५६ ओटा सवारीसाधान दर्ता भएका छन् । कर्णाली अञ्चलमा ५ सय ३७ मात्र सवारी साधन दर्ता भएको विभागले जनाएको छ ।

देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्यामध्ये वागमती अञ्चलमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम छन् । भौतिक पूर्वाधार यातायात व्यवस्थापन विभागको तथ्याङ्क अनुसार २८ वर्षको अवधिमा वागमती अञ्चलमा १० लाख ४२ हजार ८ सय ५६ ओटा सवारीसाधान दर्ता भएका छन् । कर्णाली अञ्चलमा ५ सय ३७ मात्र सवारी साधन दर्ता भएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०४६/४७ देखि गत आर्थिक वर्ष २०७३/७४ सम्म देशभर २७ लाख ८३ हजार ४ सय २८ ओटा सवारीसाधन दर्ता भएका छन् । विभागका अनुसार २८ वर्षयता १४ ओटा अञ्चलमध्ये वागमती अञ्चलमा सबैभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । २०४७ सालदेखि २०७४ सम्ममा मेची अञ्चलमा दर्ता भएका सावरीसाधन ८४ हजार ५ सय ४४ रहेकोमा गत आवमा उक्त सवारीसाधनको दर्ता सङ्ख्या १३ हजार १ सय थपिएको छ ।

त्यसैगरी कोशी अञ्चलमा दर्ता भएका सवारीसाधन २ लाख ९७ हजार २८ ओटा छन् । सगरमाथा र जनकपूर अञ्चलमा भने सवारीसाधनको दर्ता सङ्ख्या क्रमश् ५६ हजार ६ सय ८७ ओटा, र ५७ हजार ८ सय २३ ओटा रहेको विभागले जनाएको छ । नारायणी अञ्चलमा सवारी दर्ताको सङ्ख्या ६ लाख २५ हजार ८९ ओटा रहेको विभागले जनाएको छ । आव २०७२/७३ मा वागमतीमा ९४ हजार ७ सय २१ सवारी थिए तर २ वर्षमा त्यो बढेर ७३/७४मा उक्त सङ्ख्या १ लाख १९ हजार ९ सय ५६ पुगेको छ । गण्डकी अञ्चलमा पनि सवारीदर्ताको चाप अघिल्लो वर्षभन्दा बढी देखिएको छ । गत आवमा गण्डकी अञ्चलमा १ लाख ३७ हजार ५ सय ७५ ओटा सवरी दर्ता भएका छन् ।

२०६४/६५ अघि धौलागिरी अञ्चलमा सवारी दर्ता सुरु भएको थिएन । त्यस अघिसम्म सवारी दर्ताका लागि पोखरा आउनुपर्ने अवस्था थियो । हाल धौलगिरीमा ७ हजार ५ सय ३५ ओटा सवारी साधन छन् । लुम्बिनी, राप्ती र भेरीमा क्रमशः ३ लाख ३५ हजार ३ सय ६६, ३४ हजार ६ सय ११ र ५७ हजार ६६ सावारीसाधन दर्ता भएका छन् ।

सेती अञ्चलमा जम्मा ३५ हजार ६९ ओटा सवारीसाधन दर्ता भएका छन् । महाकाली अञ्चलमा अहिलेसम्म ११ हजार ६ सय ३२ ओटा सवारीसाधन दर्ता भएका छन् ।