झापा र मोरङ्गमा प्रभु बैङ्कको शाखा विस्तार

झापाको चन्द्रगढी नगरपालिका वडा नम्बर ७ मा र मोरङ्गको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा मंगलबार नयाँ शाखकार्यालय विस्तार गरेको हो ।

काठमाडौं । प्रभु बैङ्क लिमिटेडले झापा र मोरङमा आफ्नो शाखा विस्तार गरेको छ । झापाको चन्द्रगढी नगरपालिका वडा नम्बर ७ मा र मोरङ्गको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा मंगलबार नयाँ शाखकार्यालय विस्तार गरेको हो ।

झापाको चन्द्रगढीस्थित प्रभु बैङ्कको शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका हुन् भने मोरङ्गको उर्लाबारीस्थित शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका हुन् ।

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले बैंकको शाखा विस्तार गरेको जनाएको छ ।