तामाकोसीले आयोजना निर्माणको सुपरिवेक्षण गर्न परामर्शदाता छनोट गर्दै छ । यस्तै एसियन इन्फास्ट्रक्चर बैंक (एआईआईबी) ले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्दै छ । परामर्शदता नियुक्तिपछि कम्पनीले सिभिललगायत अन्य संंरचना बनाउन ग्लोबल टेन्डरको तयारी हुनेछ ।
काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी पछि तामाकोसी ५ जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आउने भएको छ । तामाकोसी पाँचको जडित क्षमता १०० मेगावाट छ ।
नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेडमार्फत आयोजना बनाउन लागेको हो । आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सकिएको छ । परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेसनलले डीपीआर बुझाइसकेको छ ।
जनतालाई आईपीओ निष्कासन छनोट भएका १९ मध्ये तामाकोसी पाँच दोस्रो आयोजना हुने भएको छ । छनोट भएका १७ आयोजनाको काम अघि नबढेकाले आईपीओका लागि अझै धेरै वर्ष कुर्नुपर्ने देखिएको छ । यद्यपि तामाकोसी जलविद्युतले आईपीओ निष्कासनको तयारी भने गरेको छैन । तामाकोसी पाँचौंपछि सम्भवतः ४८ मेगावाटको भेरी बबई डाइभसर्नको आईपीओ आउनेछ ।
तामाकोसीले आयोजना निर्माणको सुपरिवेक्षण गर्न परामर्शदाता छनोट गर्दै छ । यस्तै एसियन इन्फास्ट्रक्चर बैंक (एआईआईबी) ले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्दै छ । परामर्शदता नियुक्तिपछि कम्पनीले सिभिललगायत अन्य संंरचना बनाउन ग्लोबल टेन्डरको तयारी हुनेछ । यता ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले चैत ७ गते बिहीबारदेखि (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँबराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ । आयोजनाको ७५ प्रतिशत भौतिक प्रगति भएपछि मात्र ९० रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
जनताको जलविद्युत अन्र्तगत १९ आयोजनाको जडित क्षमता ३ हजार ४७९ मेगावाट रहेको छ । डीपीआरपछि सबै आयोजनाको क्षमता बढ्नेछ । जनताको जलविद्युतमा ४८२ मेगावाटको किमाथांका अरुण, ७२५ मेगावाटको अपरअरुण, ३० मेगावाटको इखुवाखोला, ३७२ मेगावाटको अरुण ४, ७२ मेगावाटको घुन्साखोला, ७० मेगावाटको सिम्बुवाखोला छन् ।
यस्तै ६० मेगावाटको बुढीगण्डकी ग्वारखोला, १०० मेगावाटको बुढीगण्डकी प्रोक १, २४० मेगावाटको बुढीगण्डकी प्रोक २, ७५ मेगावाटको बुढीगण्डकी, ४९२ मेगावाटको फुकोट कर्णाली, ९२ मेगावाटको जगदुल्ला १, ६५ मेगावाटको जगदुल्ला २, २१० मेगावाटको चैनपुरसेती, १६३ मेगावाटको सेतीनदी ३, ५० मेगावाटको अपर सेती आयोजना छन् ।