बाजी पनि बफेटकै पोल्टामा !

बफेटले सेयरधनीहरुलाई आश्वस्त पार्दै ‘बजारमा लगानी गर्नु भनेको बजार बढोस् र फाइदा पाइयोस् भनेर तयार रहनु हो र बर्कशायर हाथवेले बजार बढेका बेला प्रतिफल दिन सफल व्यवस्थापन गरेको छ’ पनि भनेका छन् ।

सुपरस्टार लगानीकर्ता वारेन बफेटले एक मिलियन डलरको बहुप्रचारित बाजी आधिकारिक रूपले जितेका छन् । उक्त बाजी उनले सन् २००७ मा लगाएका थिए र बाजीको रकम दान गर्ने वचन दिएका थिए ।

एक दशकअघि बफेटले फन्ड म्यानेजर प्रोटिजी पार्टनर्ससँग मिलेर एउटा काम गरेका थिए । त्यसमा एउटा शर्त लगाएका थिए कि, उनको एसएन्डपी ५०० इन्डेक्स फन्डले १० वर्षमा प्रोटिजीले छानेका कुनै पनि फन्डभन्दा राम्रो प्रदर्शन गर्नेछ ।

२०१७ को आखिरी दिनमा, बफेटको एसएन्डपी ५०० इन्डेक्स फन्डले १० वर्षमा प्रोटिजी पार्टनर्सले चुनेको फन्डको तुलनामा २.१ प्रतिशतभन्दा बढी ७.१ प्रतिशतको वार्षिक वृद्धि सजिलै हात पा¥यो ।

अन्दाजी ९० बिलियन डलरका मालिकका लागि उक्त पुरस्कार राशि महासागरमा एक थोपा पानी जस्तै हो । बफेटले त्यो पुरस्कारको सम्पूर्ण रकम ओमाहाको स्थानीय परोपकारी संस्था गल्र्स इन्कलाई दान दिने भनेका छन् ।

गल्र्स इन्क पाँचदेखि १८ वर्षका किशोरीहरुको रेखदेख तथा गर्मी बिदामा हुने कार्यक्रमहरुमा विशेषज्ञता प्राप्त संस्था हो । लगातार बुद्धिमत्तापूर्ण लगानीका लागि ‘ओराकल अफ ओमाहा’ पदले सुशोभित गरिएका बफेटले सन् २०१६ मा बर्कशायर हाथवेका सेयरधनीहरुलाई एउटा पत्र लेखेर आपूmले शर्त जित्न लामो समयसम्म मेहनत गरिरहेको बताएका थिए । उनले पत्रमा लेखेका छन्, ‘अधिकांश फन्ड म्यानेजरहरुले ग्राहकलाई उदार लाभांश दिँदैनन् ।’

‘बटम लाइनः जब महँगो शुल्क लिएर खर्बौं खर्ब डलर वाल स्ट्रिटर्सद्वारा व्यवस्थापन गरिन्छ, त्यहाँबाट आउने उच्च प्रतिफल प्रायः म्यानेजरहरुले सोहोर्छन्,’ बफेटले पत्रमा लेखेका छन्, ‘ठूला अथवा साना लगानीकर्ताहरुले कम लागतका इन्डेक्स फन्डमा कारोबार गर्नुपर्छ ।’

बफेटले सेयरधनीहरुलाई आश्वस्त पार्दै ‘बजारमा लगानी गर्नु भनेको बजार बढोस् र फाइदा पाइयोस् भनेर तयार रहनु हो र बर्कशायर हाथवेले बजार बढेका बेला प्रतिफल दिन सफल व्यवस्थापन गरेको छ’ पनि भनेका छन् ।

उनी थप भन्छन्, ‘प्रत्येक दशक या यस्तै समयावधिमा आर्थिक आकाशलाई काला बादलले ढाक्ने छन् र थोरै सुनको वर्षा गर्नेछन् । जब यसरी मुसलधार पानी पर्न थाल्छ, हामी गाग्री अथवा ताउलो लिएर बाहिर निस्कन्छौँ, चम्चा लिइर होइन । र, त्यो हामी गर्ने छौँ ।’

गत वर्ष डिसेम्बरमा, अमेरिकी बजारमा उपलब्ध सबैभन्दा महँगो सेयरको विकल्प दिँदै बर्कशायर हाथवे प्रथम श्रेणीको सेयरहरुमा पहिलो पटक ३ लाख डलरको उचाइमा पुगेको थियो । बफेटले पहिलो पटक १९६२ मा बर्कशायर हाथवेमा सेयर किन्दा उनले ७ डलर प्रति सेयरमात्र तिरेका थिए । अहिले ५५ वर्षपछि बीएको सेयर मूल्य ४ लाख प्रतिशत बढेको छ ।

बर्कशायर ह्याथवे आजका दिनमा ९० भन्दा बढी कम्पनीहरुको मालिक बनेको छ । र, अमेरिकी एक्सप्रेस, कोका–कोला, वेल्स फार्गो, आईबीएम, एप्पल तथा सबै प्रमुख अमेरिकी एयरलाइन्सहरुमा ठूलो हिस्सेदारी छ ।