गणपति माइक्रोफाइनान्सले पायो आईपीओ निष्कासन अनुमति, ३ करोड ३५ लाखको आउने

नेपाल धितोपत्र बोर्डले बिहीबार गणपतिलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजी ३२.३७ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले बिहीबार गणपतिलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजी ३२.३७ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डले साउन यता विभिन्न क्षेत्रका १७ संस्थालाई ४ अर्ब ७१ करोड १८ लाख रुपैयाँ बराबरको ४ करोड ७१ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । गणपित बाहेक सबैले आईपीओ निष्कासन गरिसकेका छन् ।