प्राथमिक क्षेत्रमा कर्जा प्रवाह नगरे कार्वाही : राष्ट्र बैंक

केन्द्रीय बैंङ्कले गत पुसदेखि प्राथमिक क्षेत्रमा तोकिएको कर्जा लगानी नगर्ने बैंङ्क तथा वित्तीय संस्थालाई हर्जना लगाउने भन्दै बिहीबार निर्देशन जारी गरेको छ ।

काठमाडौं । प्राथमिक क्षेत्रमा बैंङ्क तथा वित्तीय संस्थाले तोकिएको भन्दा कम कर्जा लगानी गरेपछि नेपाल राष्ट्र बैंङ्क आक्रमक भएको छ । केन्द्रीय बैंङ्कले गत पुसदेखि प्राथमिक क्षेत्रमा तोकिएको कर्जा लगानी नगर्ने बैंङ्क तथा वित्तीय संस्थालाई हर्जना लगाउने भन्दै बिहीबार निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंङ्कले बिहीबार एकिकृत निर्देशनमा संशोधन गरी यस्तो व्यवस्था गरिएको जानकारी दिएको छ । निर्देशनमा भएको व्यवस्था अनुसार प्राथमिक क्षेत्रमा कर्जा प्रवाह नगरे वा कम मात्र लगानी गरेमा पुसदेखि गणना अवधिमा कर्जा लिने अधिकतम ब्याजदरले हुन आउने रकममा हर्जना लगाइने राष्ट्र बैंङ्कका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए ।

हर्जना लगाउँदा नपुग रकमको त्रैमाशिक रुपमा हुने आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको रकम हर्जना निर्धारण गर्ने भएको छ । केन्द्रीय बैंकले प्राथमिक क्षेत्रमा तोकेको २५ प्रतिशत लगानी नपुगेको रकममा हर्जना गणना गर्ने भएको छ ।

कृषि क्षेत्रमा १०, ऊर्जा र पर्यटन क्षेत्रमा १५ प्रतिशत लगानी हुनुपर्ने राष्ट्र बैंङ्कले स्पष्ट पारेको छ । ३ मध्ये जुन बढी हुन्छ, त्यसैमा हर्जना लगाउने भएको छ । हर्जना लगाउदा नपुग रकमको त्रैमाशिक रुपमा हुन आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको हर्जना कायम गर्ने राष्ट्र बैंङ्कले जनाएको छ ।