चिनियाँ कम्पनीसँग सम्झौतापछि आयोजनाको जडित क्षमता २५४ मेगावाटसम्म पुग्न सक्ने उनले बताए । आयोजना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको प्रधानले जानकारी दिए । नदीको बहावमा आधारित (रन अफ दी रिभर) आयोजनालाई अर्धजलाशययुक्त (पिकिङ) बनाउने तयारी भएको उनले सुनाए । चिनियाँ कम्पनीसँगको सम्झौतापछि आयोजनाको क्षमता र खाका निर्धारण हुने भएको छ ।
काठमाडौं । चाइना न्युक्लियर पावर ग्रुपअन्तर्गतको युनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावरले १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना बनाउने भएको छ । युनाङले कालिगण्डकी गर्जमा ८० प्रतिशतसम्म लगानी गर्नेछ ।
आसन्न लगानी सम्मेलनमा चिनियाँ कम्पनी युनाङ र नेपालको साझेदार हाइड्रो सलुसन्स ग्रुपबीच लगानी तथा आयोजना विकास सम्झौता हुने भएको हो । कम्पनीसँग सम्झौताका लागि तयारी भइरहेको हाइड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए । लगानी सम्मेलनमा आयोजना निर्माणका लागि सम्झौता नै हुने उनले जानकारी दिए ।
चिनियाँ कम्पनीसँग सम्झौतापछि आयोजनाको जडित क्षमता २५४ मेगावाटसम्म पुग्न सक्ने उनले बताए । आयोजना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको प्रधानले जानकारी दिए । नदीको बहावमा आधारित (रन अफ दी रिभर) आयोजनालाई अर्धजलाशययुक्त (पिकिङ) बनाउने तयारी भएको उनले सुनाए । चिनियाँ कम्पनीसँगको सम्झौतापछि आयोजनाको क्षमता र खाका निर्धारण हुने भएको छ ।
असार पहिलो साता प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक र चिनियाँ कम्पनीबीच लगानी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । त्यस बेला एमओयूमा हस्ताक्षर भएकोमा अब सम्मेलनमा आयोजनामा लगानी तथा विकास सम्झौता हुने उनले जानकारी दिए ।
जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले केही दिनभित्र प्रवद्र्धक कालिगण्डकी गर्ज हाइड्रोपावरलाई आयोजनाबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने उनले जानकारी दिए । लगानी सम्झौतापछि सन् २०१९ को अन्तिमसम्म निर्माणपूर्वको काम सम्पन्न गरी ५ वर्षमा सक्ने कम्पनीको योजना छ । यसअघि समयमै विदेशी लगानी स्वीकृत र नेपाल विद्युत् प्राधिकरणसँग डलरमा विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुनुपर्ने प्रधानको भनाइ छ ।
म्याग्दी र मुस्ताङ भएर बग्ने कालिगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्न २०६३ सालमा आयोजनाको सर्वेक्षण भएको थियो । लामो समयदेखि प्रतीक्षामा रहेको कालीगण्डकी गर्जमा चिनीयाँ लगानी भित्रिन लागेको हो ।
२०६८ पुुस १९ गते उत्पादन लाइसेन्सका लागि विद्युत विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्द भएको थियो । पुरानो लाइसेन्स रद्द भएपछि नेपाल कालिगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।
मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । पाँच किलोमिटर सुरुङ रहनेछ । आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँ मुआब्जा दिएर ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
सरकारले विदेशी लगानीकर्तालाई लक्षित गर्दै सम्मेलनमा ५ हजार ५०० मेगावाट क्षमताका ७ ओटा ठुला जलासययुत्त आयोजना प्रस्ताव गर्ने भएको छ ।