शुक्रबार भएको सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्क लिमिटेडले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्नेछ ।
काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्क लिमिटेडले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्नेछ ।
सम्झौतामा मुक्तिनाथ विकास बैङ्क लिमिटेडकातर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडकातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ भने
चैत्र महिनाभित्र काठमाडौं उपत्यकाका १० स्थानबाट कारोबार सञ्चालनको तयारी गरिरहेको छ ।