ग्लोबल आईएमई बैंङ्कको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

बैंङ्कको ९ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रमोटर सेयर खरिदबिक्री भएको हो ।

काठमाडौं । यो साता ग्लोबल आर्ईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंङ्कको ९ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रमोटर सेयर खरिदबिक्री भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ८७ लाख ७० हजार र साइन रेसुङा डेभलपमेन्ट बैंङ्कको ४ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंङ्कको ४ करोड ४१ लाख २० हजार र नागरिक लगानी कोषको ४ करोड २७ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

टेलिकमको बजार पुँजीकरण १०१ अर्ब

बजार पुँजीकरणमा नेपाल टेलिकम लिमिटेड अग्रस्थानमा छ । टेलिकमको पुँजीकरण १ खर्ब १ अर्ब ५५ करोड रुपैयाँ छ । टेलिकमको बजार पुँजीकरण घट्दै गएको छ । दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंङ्क रहेको छ । नेपाल इन्भेष्टमेन्टको ६६ अर्ब ५७ करोड रुपैयाा छ ।

नविल बैंङ्कको ६३ अर्ब ९३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४७ अर्ब १६ करोड र स्ट्याण्डर्ड चाटर्ड बैंङ्कको ४५ अर्ब ७४ करोड रुपैयाँ बजार पुँजीकरण रहेको नेप्सेले जनाएको छ । यो साता १ अर्ब १५ करोड ३० लाख रुपैयाँ बराबरको ४३ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।