साउनयता १५ अर्ब ५८ करोडको ऋणपत्र निष्कासन, सनराइज बैंकले ल्याउदै

ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्ष सुरु भएयता ६ ओटा बैंङ्कले ऋणपत्र निष्कासन गरिसकेका छन् । यसमध्ये एनएमबी बैंङ्कको हाल बिक्री खुला रहेको छ ।

काठमाडौं । थप लगानीका लागि स्रोत जुटाउन सनराईज बैंङ्कले ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्र २०८० मा परिपक्व हुने छ ।

ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंङ्कलाई अनुमति दिइसकेको छ । बैंङ्कले प्रतिकित्ता १ हजार रुपैयाँमा १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ४० करोड रुपैयाँ सर्वसाधारण र ६० करोड रुपैयाँ संस्थापक लगानीकर्तालाई छुट्टाइएको सनराइजले जनाएको छ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्ष सुरु भएयता ६ ओटा बैंङ्कले ऋणपत्र निष्कासन गरिसकेका छन् । यसमध्ये एनएमबी बैंङ्कको हाल बिक्री खुला रहेको छ । हालसम्म १५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएसकेको छ ।

ऋणपत्र निष्कासन गर्नेमा एनआईसी एसिया बैंङ्क, सिद्धार्थ बैंङ्क, सानिमा बैंङ्क, एनएमबी बैंङ्क, ग्लोबल आईएमई बैंङ्क रहेका छन् ।