सस्तो कर्जा राष्ट्रिय वाणिज्य र नेपाल बैंङ्कको, महंगो सेञ्चुरी कमर्शियलको, कसको कति (सूचिसहित)

बैंङको निक्षेप लागत (कस्ट अफ फण्ड), अनिवार्य नगद अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) र सञ्चालन खर्च जोडेर आधार दर निर्धारण गरिन्छ ।

काठमाडौं । सरकार स्वामित्वका दुई वाणिज्य बैंङ्कको कर्जाको ब्याजदर सबैभन्दा सस्तो देखिएको छ । राष्ट्रिय वाणिज्य बैंङ्क र नेपाल बैंङ्कको ब्याजदर अन्य बैंङकको तुलनामा सस्तो देखिएको हो । व्यवसायीले कर्जाको ब्याजदर बढेर १४ प्रतिशतसम्म पुगेको बताइरहँदा यी दुई बैंङ्कबाट १० प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा पाईने देखिएको छ ।

२८ ओटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सबैभन्दा कम आधार दर (वेसरेट) राष्ट्रिय वाणिज्यको छ । आधारदर कम भएपछि यसको असर ब्याजदरमा परेको हो । राष्ट्रिय वाणिज्यको आधारदर ५.६० प्रतिशत छ । औसत ४ प्रतिशत प्रिमियम जोड्दा पनि राष्ट्रिय वाणिज्यको कर्जाको ब्याजदर एक अंकमा हुन्छ ।

बैंङको निक्षेप लागत (कस्ट अफ फण्ड), अनिवार्य नगद अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) र सञ्चालन खर्च जोडेर आधार दर निर्धारण गरिन्छ । सबैभदा महंगो ब्याजदर सेञ्चुरी कर्मशियल बैंकको छ । सेञ्चुरीको आधार दर ११.५० प्रतिशत छ । यसमा प्रिमिय जोड्दा कर्जाको ब्याजदर १५ प्रतिशत हारहारीमा हुन्छ ।

आधारदर जति कम भयो कर्जाको ब्याजदर त्यति नै सस्तो हुन्छ । पछिल्लो समयमा बैंकको आधार दरमा कमी आएको छ । २ महिनाअघिसम्म बैंकको आधार दर औसत १०.३० प्रतिशत रहेकोमा अहिल घटेर ९.५० प्रतिशतमा झरेको छ । ब्याजदर पनि घट्न थालेको छ ।

नेपाल बैंङ्कको आधारदर ६ प्रतिशत रहेको छ । बैंङ्कले हालै सार्वजनिक गरेको नयाँ ब्याजदरमा आधार दर कम देखाएको हो । नेपाल बैंङ्कपछि स्ट्याण्डर्ड चाटर्ड बैकको आधादर दर ७.६७, नविल बैंकको ७.९१, नेपाल इन्भेष्टमेन्ट बैंकको ८.९६ र एभरेष्ट बैंकको ८.२२ प्रतिशत रहेको सार्वजनिक गरिएको नयाँ ब्याजदर तालिकामा उल्लेख छ ।

यसैगरी ग्लोबल आईएमई बैंकको ९.७, हिमालयन बैंकको ९.१३, एनआईसी एसियाको ९.३०, प्रभु बैंकको ९.३७ सानिमा बैंकको ९.५४, नेपाल एसबीआई बैंकको ९.८२, एनएमबी बैंकको १०, बैंक अफ काठमाण्डुको १०.२८, प्राइम कमर्शियल बैंकको १०.१७, लक्ष्मी बैंकको १०.३६, नेपाल बंगलादेश बैंकको १०.४१ सिद्धार्थ बैंकको १०.५९ प्रतिशत छ ।

यस्तै सनराइज बैंकको १०.६३, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको १०.७६, माछापुच्छ्रे बैंकको १०.७८, जनता बैंकको १०.७६, मेगा बैंकको १०.८३ सिटिजन्स बैंकको ११, कृषि विकास बैंकको ११.१५, सिभिल बैंकको ११.२४ र कुमारी बैंकको ११.३८ रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको आधार दर घटेर ९.७ प्रतिशतमा झरेको बताएको छ । बैंकहरुले निक्षेप संकलनको तुलनमा कर्जा लगानी आक्रमक रुपमा विस्तार गरेपछि पछिल्लो ३ वर्षमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) संकट बढेपछि बैंकहरुले महंगोमा निक्षेप उठाउँदा आधार दर पनि बढेको हो ।

उद्योगी व्यवसायी र बैंकर ब्याजदर घटाउन सहमत भएका छन् । पछिल्लो समयमा ब्याजदरमा कमी हुँदै आएको छ । यस्तै निक्षेप संकलन र कर्जा लगानीबीचको अन्तर पनि घट्दै गएको छ ।