उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणधिन आयोजनाको अवस्थाको बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पुगेका हुन । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोसीलाई समयमै ल्याउन पहल गर्दै आएका छन् ।
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना आउँदो मंसिरभित्रै ल्याउन बताएका छन ।
उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणधिन आयोजनाको अवस्थाको बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पुगेका हुन । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोसीलाई समयमै ल्याउन पहल गर्दै आएका छन् ।
उनले शनिबार बिहान आयोजनाको बाँधस्थल, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिए । मन्त्री पुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताएका थिए ।
आयोजनाको अनुगमन,निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागि आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए ।
उनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतिका बारेमा जानकारी लिएका थिए । उनले तोकिएको आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा समयमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिए ।