निर्माण अवधिको ब्याजबाहेक आयोजनको लागत ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ छ । निर्माण अवधिको ब्याज पुँजीकरण भएपछि कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । जनताको जलविद्युत्अन्तर्गतको माथिल्लो त्रिशूली ३ बी आयोजनाले बैङ्कलाई निर्माण अवधिमा मात्रै पौने अर्ब रुपैयाँ ब्याज तिर्नुपर्ने भएको छ । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नबिल बैङ्कलाई ७८ करोड १७ लाख ९३ हजार रुपैयाँ निर्माण अवधिको ब्याज तिर्ने भएको हो ।
निर्माण अवधिको ब्याजबाहेक आयोजनको लागत ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ छ । निर्माण अवधिको ब्याज पुँजीकरण भएपछि कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । अनुमानित लागतलाई विदेशी विनिमयदर, समय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले असर गर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।
आयोजना २०७७ फागुनमा सम्पन्न हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ सम्म लगानी भएको पुँजीलाई आधार वर्ष मानी आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.९५ वर्ष छ । ३७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि नबिल बैङ्कको अगुवाइमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल बैङ्कले ऋण लगानी गरेका छन् ।
आधारमा कर्जा र स्वपुँजीको ७०ः३० को अनुपात हुने गरी ऋण सम्झौता भएको छ । आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्छ ।