भारतमा चिनीको भन्सार शतप्रतिशत पुग्दै, नेपालमा के हुन्छ ?

यता नेपालका चिनी उत्पादकहरुले पनि भन्सार शुल्क ५० प्रतिशत पुर्याउन माग गर्दैै आएका छन् । हाल नेपालमा १५ प्रतिशत भन्सार दरमा चिनी आयात भइरहेको छ । यदि ५० प्रतिशत भन्सार नपु¥याउने हो भने, नेपाली किसान र चिनी मिल सङ्कटमा पर्ने चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।

भारत सरकारले चिनी आयातमा शतप्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको छ । विदेशबाट सस्तो भन्सार दरमा चिनी आयात भएपछि त्यहाँका किसान निरन्तर मर्कामा परेपछि सरकारले शतप्रतिशत शुल्क लगाउने तयारी गरेको हो । हाल भारतले चिनी आयातमा ५० प्रतिशत शुल्क लगाउँदै आएको छ ।

भारतको वाणिज्य मन्त्रालयमा चिनीको भन्सार एक सय प्रतिशत पु¥याउने फाइल पुगेको छ । त्यसलाई केही दिनमा अन्तिम रुप दिने मन्त्रालयले जनाएको छ । पकिस्तान तथा अन्य मुलुकबाट चिनी आयात बढेकाले सरकारले भन्सार सय प्रतिशत पु¥याउन लागेको हो ।

हाल चिनीमा आयात शुल्क ५० प्रतिशत छ, पाकिस्तानले घरेलू आपूर्तिलाई मध्यनजर गर्दै चिनी निर्यातका लागि दिँदै गरेको सहुलियत दरमा पाँच लाख टनबाट बढाएर २० लाख टन पु¥याएको छ । यसअघि पाकिस्तानले प्रतिकेजी चिनी निर्यात गरेबापत निर्यातकर्तालाई १० रुपैयाँ सहुलियत दिँदै आएको थियो । अब २० लाख टनसम्म सहुलियत दिने भएको छ ।

भारतमा अहिलेसम्म चिनीको आयात भएको छैन । तर, पाकिस्तानले सस्तो दरमा दिने प्रस्तावले आयातकर्ताहरुलाई आकर्षित गर्न सक्छ । आयात शुल्क बढाउने प्रस्तावले यो गुलियो पदार्थको कुनै शिपमेन्ट आउन रोक्नेछ । भारतको माग पूरा गर्न उनीहरुकै देशमा पर्याप्त चिनी छ । भारतले निर्यात प्रोत्साहन गर्न विचार गर्न बताएको छ ।

सरकारले निशुल्क आयात प्राधिकरण (डीएफआईए) योजना अन्तर्गत फेरि कच्चा चिनी निर्यात गर्ने अनुमति दिन सक्ने सङ्केत देखिएको छ जुन सुविधा सन् २०१५ को मे महिनामा बन्द गरेको थियो । यो सुनिश्चित गर्न यी दुइटा उपाय भारतीय चिनी मिलले किसानहरुलाई उखुको बक्यौता भुक्तान गर्न सक्षम छन् भनेर सुनिश्चित गर्न आवश्यक छन् । यूपीए सरकारको तुलनामा उखुको बक्यौता तिर्नें मोदी सरकार सफल भएको छ ।

यता नेपालका चिनी उत्पादकहरुले पनि भन्सार शुल्क ५० प्रतिशत पु¥याउन माग गर्दैै आएका छन् । हाल नेपालमा १५ प्रतिशत भन्सार दरमा चिनी आयात भइरहेको छ । यदि ५० प्रतिशत भन्सार नपु¥याउने हो भने, नेपाली किसान र चिनी मिल सङ्कटमा पर्ने चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले भन्सार महशुल फेरबदल गर्न सकिने बताए । भारतीय सरकारले चिनीमा शतप्रतिशत भन्सार मूल्य बढाउने तयारी गरिरहेको बेला नेपालमा पनि त्यो सम्भावना रहेको बताए । ‘अहिले भन्सार बढाउने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘अध्ययनपश्चात आवश्यक निर्णय लिन्छौं ।