अध्यक्ष ढकालले आम सेवाग्राहीहरूलाई सबै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङ्गको घोराहीमा आफ्नो शाखा स्थापना गरिएको बताए ।
चैत । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराही शाखा मार्फत जीवन बीमा सेवा सुरु गरेको छ । दाङ्गको घोराहीमा आईएमई लाइफ इन्स्योरेन्स शाखाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
आम सेवाग्राहीहरूलाई सबै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङ्गको घोराहीमा आफ्नो शाखा स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताए ।
त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र ग्रुपका अध्यक्ष ढकालले संयूक्तरुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले जिल्लामा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यसप्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
दुवै उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रिय समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उधोगी व्यवसायी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंहलगायत आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।