सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

उनी कायममुकायम सिइओको जिम्मेवारीमा थिए। यसअघिका सीईओ राजनसिंह भण्डारीको समयावधि सकिएपछि पोखरेलले बैंङ्कको नेतृत्व लिएका थिए ।

काठमाडौं। सिटिजन्स बैंङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन्।बैंङ्कको सोमबार बसेको संचालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्ती गरेको हो।

उनी कायममुकायम सिइओको जिम्मेवारीमा थिए। यसअघिका सीईओ राजनसिंह भण्डारीको समयावधि सकिएपछि पोखरेलले बैंङ्कको नेतृत्व लिएका थिए ।

व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेको पोखरेल सिटिजन्स बैंक स्थापनाकालदेखि उच्च पदमा कार्यरत थिए । यसअघिका सीईओ भण्डारी प्रवन्ध निर्देशकको रुपमा बैंकमा फर्किन चर्चा थियो ।