मर्जरमा जानका लागि दुवै बैङ्कले चैत २७ गते विशेष साधारण सभा बोलाएका छन् । सभामा दुवै बैङ्ककको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) र मर्जरमा जाने भएको निर्णयको प्रस्ताव पारित गर्ने छ ।
काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैङ्क र काबेली विकास बैङ्क एक आपसमा गाभिने (मर्जर) भएका छन् । मर्जरमा जानका लागि दुवै बैङ्कले चैत २७ गते विशेष साधारण सभा बोलाएका छन् ।
सभामा दुवै बैङ्ककको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) र मर्जरमा जाने भएको निर्णयको प्रस्ताव पारित गर्ने छ । यस्तै चुक्तापुँजी बढाउन काबेलीले हकप्रद सेयर निष्कासनको प्रस्ताव खारेज गर्ने भएको छ ।
दुवै बैङ्क मर्जरमा जाने भएपछि गत पुस ४ गते देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सेयर कारोबार रोक्का छ । एकीकृत कारोबार गरेपछि सेयर कारोबार खुला हुने छ ।
सप्तकोसीको चुक्तापुँजी ४८ करोड ५३ लाख र काबेलीको २१ करोड रुपैयाँ छ । दुई बैङ्कसमेत गरी मर्जर र प्राप्ति (एक्विजिसन) मा जानेको सङ्ख्या १२ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले दबाव दिन थालेपछि बैङ्क तथा वित्तीय संस्था मर्जर र एक्विजिसनमा जान थालेका हुन् । पछिल्लो समयमा १० बैङ्क तथा वित्तीय संस्थाले मर्जर र एक्विजिसनमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई र ग्लोबल आईएमई बैङ्कले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । साइन रेसुङा डेभलपमेन्ट बैक र पूर्णिमा विकास बैंकले मर्जरमा जान एमओयू गरेका छन् ।
यी दुई बैङ्क मर्जर भएपछि राष्ट्रियस्तरको विकास बैङ्क बन्ने छन् । नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी माइक्रोफाइनान्स लिमिटेड, तिनाउ डेभलपमेन्ट बैङ्क र मिसन डेभलपमेन्ट बैङ्कबीच एमओयू भएको छ ।
नाफा बढाउन, खरो प्रतिस्पर्धामा उत्रिन, पुँजीगत आधार बलियो बनाई कर्जा विस्तार, सेयरको बुक भ्यालु बढाउन मर्जर प्राप्तिमा गएको बैङ्क तथा वित्तीय संस्था मर्जरमा गएका हुन् ।