व्यापारलाई तीव्रता दिने उद्देश्यसहित यसै सप्ताहान्तमा बैङ्कका थप चारवटा शाखा सञ्चालनमा आउने र देशका विभिन्न ठाउँमा थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण र सजावटको काम भइरहेको जानकारी दिएका छन् ।
काठमाडौं । कामना सेवा विकास बैङ्कले बाराको निजगढमा आफ्नो ७४औं शाखा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । बैङ्कका सञ्चालक चतुराखर अधिकारी र प्रमुख कार्याकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा कारोबार सेवा सुरु गरेका हुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैङ्कको सङ्क्षिप्त परिचय दिँदै प्रदेश २ मा आठ ओटा शाखा पुगेको र निकट भविष्यमा थप शाखा सञ्चालनमा आउने बताए । व्यापारलाई तीव्रता दिने उद्देश्यसहित यसै सप्ताहान्तमा बैङ्कका थप चारवटा शाखा सञ्चालनमा आउने र देशका विभिन्न ठाउँमा थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण र सजावटको काम भइरहेको जानकारी दिएका छन् ।
बैङ्कले देशका विभिन्न भागहरुमा ७३ ओटा शाखा तथा २९ एटीएममार्फत ग्राहकलाई आफ्ना सेवा प्रदान गर्दै आएको छ ।