बैंङ्क अफ काठमाण्डु र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको गरी १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । दुई संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । बैंङ्क अफ काठमाण्डु र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको गरी १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
जसअनुसार बैंङ्क अफ काठमाण्डुको ९९ लाख २ हजार ५४ र ३ लाख ५ हजार २७० कित्ता रहेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् ।