ओल्ड दरबार उत्पादन गर्ने समूहले बाह्रसिंगे ब्रान्डमा बियर ल्याउँदै

४ वर्षअघि यती डिष्ट्रिलरीमार्फत् ओल्ड दरबार ह्विस्की बजारमा ल्याएको कम्पनीले याक बु्रअरीमार्फत् बाह्रसिंगे ब्रान्डमा बियर ल्याउन लागेको हो । बियर उत्पादनका लागि कम्पनीले चितवनको कुरिनटारमा उद्योग स्थापना गरिसकेको छ ।

घरेलु ह्विस्कीमा तीव्र बजार हिस्सा बढाइरहेको ओल्ड दरबार उत्पादन गर्ने समूहले नेपाली बजारमा बियर पनि ल्याउने भएको छ ।

४ वर्षअघि यती डिष्ट्रिलरीमार्फत् ओल्ड दरबार ह्विस्की बजारमा ल्याएको कम्पनीले याक बु्रअरीमार्फत् बाह्रसिंगे ब्रान्डमा बियर ल्याउन लागेको हो । बियर उत्पादनका लागि कम्पनीले चितवनको कुरिनटारमा उद्योग स्थापना गरिसकेको छ ।

कम्पनीले बियर उत्पादनका लागि झन्डै एक अर्ब रुपैयाँ लगानी गरेको छ । बियरमा पनि रवि केसी र अभिषेक श्रेष्ठकै समूहले लगानी गरेको हो । यही समूहले ओल्ड दरबार ह्विस्की बजारमा ल्याएको हो । स्थापना भएकाे छाेटाे अवधिमा  बजारमा ‘ओल्ड दरबार’काे रजगज  चलेकाे थियाे । ओल्ड स्थापित ब्रान्ड बनेपछि याे समूह  बियरमा प्रवेश गरेकाे हाे ।

‘बियर उत्पादन भई बजारमा पठाउनका लागि अन्तिम तयारी भएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक रवि केसीले भने, ‘ब्रान्ड दर्ता र अन्तःशुल्कको इजाजत लिने काम सकिनेबित्तिकै बियर बजारमा आउँछ ।’

चार वर्षमै डोमेस्टिक ब्रान्डमा ह्विस्कीको बजार हिस्सा उचाइमा पुर्याएको कम्पनीले त्यही नेटवर्क प्रयोग गरी आफ्नो बियरको बजारीकरण गर्ने योजना बनाएको छ ।