निष्कासन बन्द छिटो चैत ४ गते भनिए पनि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको बैंङ्कले जनाएको छ । सञ्चालक समितिको बैठकले ऋणपत्रको म्याद थप गरेर चैत २५ गते पुर्याइएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) बिक्री नभएपछि म्याद थप गरेको छ । बैंङ्कले फागुन ३० गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
निष्कासन बन्द छिटो चैत ४ गते भनिए पनि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको बैंङ्कले जनाएको छ । सञ्चालक समितिको बैठकले ऋणपत्रको म्याद थप गरेर चैत २५ गते पुर्याइएको बैंकले जानकारी दिएको छ । ऋणपत्र निष्कासन बन्द ढिलोमा चैत १४ गतेसम्मलाई तोकिएको थियो । निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
वार्षिक १० प्रतिशत ब्याज निश्चित भएको ऋणपत्रको अवधि १० वर्षको रहेको छ । ऋणपत्र आगामी आर्थिक ०८५ मा परिपक्व हुने छ । न्युनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थले जानकारी दिएको छ ।
कुल निष्कासनको ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिएको छ ।
पुँजीकोष बढाउन निष्कासन गर्न लागेको ऋणपत्रको उपयोग कर्जा लगानीमा २२ करोड, विपन्न कर्जा लगानीमा २० करोड, तरलता व्यवस्थापनमा ४० करोड र सरकारी ऋणपत्रमा लगानी ३० करोड रुपैयाँ हुने बैंङ्कले जनाएको छ ।