ऋणपत्र (डिवेञ्चर) बिहीबार बैङ्किङ्ग समयपछि बन्द हुने भएको छ । लगानी विस्तारका लागि पुँजी जुटाउन बैंङ्कले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) बिहीबार बैङ्किङ्ग समयपछि बन्द हुने भएको छ । लगानी विस्तारका लागि पुँजी जुटाउन बैंङ्कले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
हालसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको मात्र डिवेञ्चर बिक्री भएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
बैंकले ५ वर्षका लागि वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गरेको हो । बैंङ्कले १ हजार रुपैयाँ अंकित दरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।