नबिलले ल्याएको नबिल प्रिमियम नारी बचतले ४.७५ प्रतिशतको दरमा ब्याज दिने र साथमा नबिल स्मार्ट बैङ्क, स्थानीय र अन्तर्राष्ट्रिय दुवै क्रेडिट कार्ड, लकर सुविधा, डिमान्ड ड्राफ्ट जस्ता सुविधा दिने बैङ्कले जानकारी दिएको छ ।
काठमाडौं । नबिल बैङ्कले नारीहरुका लागि नयाँ ‘नबिल नारी’ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत नबिलले महिलाहरुका लागि तीनवटा बचत र ऋण स्किम ल्याएको छ ।
नबिलले महिलाहरुका लागि नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र महिला सञ्चालित माइक्रोइन्टरप्राइजेज लन्च गरेको हो । मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि महिलाहरुलाई पनि सशक्तीकरण गर्न आर्थिक आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको कारण नबिलले महिलाहरुका लागि यस्तो स्किम लन्च गरेको बैङ्कका कार्यकारी प्रमुख सीईओ अनिल शाहले बताए ।
नबिलले ल्याएको नबिल प्रिमियम नारी बचतले ४.७५ प्रतिशतको दरमा ब्याज दिने र साथमा नबिल स्मार्ट बैङ्क, स्थानीय र अन्तर्राष्ट्रिय दुवै क्रेडिट कार्ड, लकर सुविधा, डिमान्ड ड्राफ्ट जस्ता सुविधा दिने बैङ्कले जानकारी दिएको छ ।
त्यस्तै बैङ्कको कर्जा स्किम नबिल नारी कर्जा महिलाहरुका लागि तयार गरिएको साना तथा मझौला ऋण प्रोडक्ट रहेको कम्पनीले बताएको छ । यसअन्तर्गत कम्पनीले ५० प्रतिशत महिलाको साझेदारी भएको संस्था वा ५१ प्रतिशतसम्म महिलाको सेयर भएको कम्पनीलाई एक वर्षसम्मका लागि ९.९९ प्रतिशत ब्याजदरमा पाँच लाखदेखि डेढ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ । ऋण दिनका लागि कम्पनीले धरौटी, परियोजनाको आकार र वित्तीय लेनदेनलाई समग्रमा मूल्याङ्कन गर्ने कम्पनीका सीईओ शाहले बताए ।
महिलाहरुका लागि अर्को ऋण स्किम वुमन रन माइक्रोइन्टरप्राइजेज बैङ्कले कृषि तथा पशुपालन र स्वरोजगारी क्षेत्रलाई सहयोग गर्न लन्च गरेको बैङ्कको भनाइ छ । यसअन्तर्गत बैङ्कले पाँच वर्षका लागि १८ देखि ६५ वर्षबीच उमेर समूहका महिलालाई १५ लाखसम्मको ऋण उपलब्ध गराउँदै छ । बैङ्कले यसको ब्याजदर ३.९४ प्रतिशत तय गरेको छ । यसका धरौटी आवश्यकता नरहेको सीईओ शाहले बताए ।
महिलाहरुको रिपेमेन्ट रेट उच्चतम ९९ प्रतिशत रहेको उनको भनाइ छ । उनका अनुसार यो स्किम प्रोजेक्ट फाइनान्सिङ रहेको र यसमा ऋणलाई स्वाब गर्न मिल्ने बताएका छन् । उनले यो हेर्दा ग्रामीण क्षेत्र लक्षित देखिए पनि यो साना तथा मभलौला व्यवसाय गर्न चाहने सम्पूर्ण महिलाहरुप्रति लक्षित रहेको बताए ।
बैङ्कले अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारी फेसमा नियुक्त गरेको छ । प्रियङ्काको ऐयङ्का फाउन्डेसनसँग महिलाको क्षेत्रमा साझेदारी गर्दै नबिल बैङ्क अघि बढ्ने पनि शाहले जानकारी दिए ।