१ र २ प्रदेशमा कामना विकास बैङ्कको शाखा विस्तार

एक समारोहबीच बैङ्कका सञ्चालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको हो । समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा गरी प्रदेश २ मा दस शाखा र प्रदेश १ मा चार शाखा पुगेको बताए ।

काठमाडौं । कामना सेवा विकास बैङ्कले प्रदेश १ र २ मा आफ्नो ७६ औं र ७७ औं शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले उदयरपुरको त्रियुगा र सप्तरी जिल्लाको राजविराज नगरपालिकामा चैत १३ गते शाखा विस्तार गरेको हो ।

एक समारोहबीच बैङ्कका सञ्चालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको हो । समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा गरी प्रदेश २ मा दस शाखा र प्रदेश १ मा चार शाखा पुगेको बताए ।

साथै उनले थप शाखा पनि चाँडै सञ्चालनमा आउने जानकारी दिदैँ बैङ्कको आगामी रणनीतिबारे जानकारी दिए ।