महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका छन् भने वीरेन्द्रनगर शाखा कार्यालयको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी )ले गरिन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ ।
महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका छन् भने वीरेन्द्रनगर शाखा कार्यालयको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी )ले गरिन् ।
शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिले जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैङ्कको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैङ्कले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बन्न शुभकामना दिएका थिए ।
मुक्तिनाथ विकास बैङ्कले देशैभरि रहेका आफ्ना ११४ ओटा शाखा, २२ ओटा एटीएमबाट करिब छ लाख ग्राहकलाई आधुनिक बैङ्किङ, ग्रामीण बैङ्किङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
बैङ्कले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैङ्कास्योरेन्स, आस्बा, एटीएम कार्ड सेवा, एबीबीएस जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।