लगानी सम्मेलनः देश विकास गर्ने सुवर्ण अवसर

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर सृजनाका निम्ति नीतिगत एवम् प्रक्रियागत सुधार गर्दै लगानीको वातावरण तयार गर्न सरकारीस्तरबाट भएका प्रयासको सराहना चर्चायोग्य छन् । अहिले जुन हिसाबले कानुन सुधार भएको छ, त्यो एक चमत्कारिक काम हो ।

नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले भोलिदेखि राजधानीमा आयोजना हुन लागेको छ । यसले देशमा नयाँ उत्साह छाएकोे छ । निजी क्षेत्रमा उल्लास आएको छ । यस्ता क्रियाकलाप भइरहँदा देशमा आर्थिक गतिविधि बढिरहन्छ ।

सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलो पटक स्थिर सरकार गठन भएको परिप्रेक्ष्यमा हुन लागेको लगानी सम्मेलन समृद्धितर्फको अबको यात्रामा सहयोगी माध्यम बन्न सक्नेछ ।

अनुभव, सीप र दक्षता आदान प्रदान र उद्योगका लागि दीर्घकालीन रुपमा पुँजी जुटाउन आयोजना भएको लगानी सम्मेलन सुवर्ण अवसर हो ।

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर सृजनाका निम्ति नीतिगत एवम् प्रक्रियागत सुधार गर्दै लगानीको वातावरण तयार गर्न सरकारीस्तरबाट भएका प्रयासको सराहना चर्चायोग्य छन् । अहिले जुन हिसाबले कानुन सुधार भएको छ, त्यो एक चमत्कारिक काम हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई मूर्तरुप दिन वर्तमान सरकारका प्रमुखबाट भएको अथक प्रयास, त्यसमा निजी–सार्वजनिक क्षेत्रले देखाएको तत्परताले सकारात्मक परिणाम देखाएको छ ।

सरकारको नेतृत्व लिएको दिनदेखि नै देशको आर्थिक विकासलाई केन्द्रमा राखेर स्वदेशी तथा विदेशी लगानीकर्तालाई पर्याप्त प्रतिफल प्राप्त हुने क्षेत्रमा ढुक्क भएर लगानी गर्न अहिले वातावरण बनेको छ ।

बुझेको अर्थमन्त्री परेकाले देश आर्थिक विकासमाा लम्किने अवस्था आएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाकै कारण नेपालको निजी क्षेत्र उत्साहित छ, जुन आवश्यक थियो ।

नेपाल सरकारको आयोजनामा यही शुक्रबार र शनिबार हुने सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगलगायत ७७ ओटा परियोजनामा लगानी जुटाउने प्रयास भइरहेको छ । यति सरकारले तोकेको प्रथामिकताको क्षेत्रमा लगानी भित्र्याउन सके देश समृद्ध हुन्छ । त्यसका लागि आगामी दिनमा सरकारका निकायले निरन्तर फलोअप गर्नुपर्छ ।

विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्न पाउनुलाई पनि एक अवसरको रुपमा लिनुपर्छ ।

४० देशका ६०० लगानीकर्ताले सम्मेलनमा भाग लिने प्रतिबद्धता व्यक्त गर्नुलाई नेपालमा भएको सुधार नै हो । यस पटक नेपालमा रहेका कूटनीतिक नियोगबाट पनि सम्भावित लगानीकर्तालाई उत्प्रेरणात्मक रुपमा सन्देश प्रवाह भएको छ ।

विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराउने अर्काे उद्देश्य प्राप्तिमा सफलता मिल्छ ।

सरकार र निजीक्षेत्रको साझेदारीमा सम्मेलनलाई सफल पार्नुपर्ने र नकारात्मकभन्दा सकारात्मक समाचारलाई प्राथमिकताका साथ प्रवाह गरेर ‘नेपालमा साँच्चै लगानीको वातावरण बनेको’ सन्देश फैलाउन अपरिहार्य छ ।

श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरिद नियमावली संशोधन भएकाले लगानीकर्ताले झन्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह भएको छ ।