अरुण तेस्रोका लागि भारतको एसजेवीएनले नेपाली बैङ्कसंग गर्यो ऋण सम्झौता, एसबीआईबाट ६५ अर्ब कहिले ?

एसजेवीएनले स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) सँग ६५ अर्ब ६० करोड रुपैयाँ अर्थात ४१ अर्ब भारु ऋण सम्झौता गर्न बाँकी छ । एसबीआईसग सम्झौता हुनु अगावै एसजेवीएनले ३ ओटा नेपाली र नेपाली बैङ्कसं सम्झौता गरिसकेको छ । एसबीआई, नविल, एभरेष्ट र नेपाल एसबीआई बैङ्बाट गरी एसजेवीएनले ८३ अर्ब रुपैयाँ लगानी जुटाउने भएको छ ।

काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई नेपालबाट लगानी जुटे पनि भारतबाट ल्याउन बाँकी छ । प्रवद्र्धक भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नविल बैङ्कको अगुवाईमा नेपाल एसवीआई बैंङ्कबाट गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । एसजेवीएनले नेपाली बैंङ्कबाट अपुग रकम अर्थात ब्रिज लोन लिएको हो ।

एक वर्षअघि प्रसारणलाइन निर्माणमा एभरेष्ट बैङ्कले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु ऋण लगानीको सम्झौता भइसकेको छ । ३ ओटा नेपाली बैङ्कसग एसजेवीएनले १८ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरिसकेको छ । प्रसारणलाइनका लागि भारतको पञ्जाब नेसनल बैङ्कसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।

एसजेवीएनले स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) सँग ६५ अर्ब ६० करोड रुपैयाँ अर्थात ४१ अर्ब भारु ऋण सम्झौता गर्न बाँकी छ । एसबीआईसग सम्झौता हुनु अगावै एसजेवीएनले ३ ओटा नेपाली र नेपाली बैङ्कसं सम्झौता गरिसकेको छ । एसबीआई, नविल, एभरेष्ट र नेपाल एसबीआई बैङ्बाट गरी एसजेवीएनले ८३ अर्ब रुपैयाँ लगानी जुटाउने भएको छ ।

आयोजनाको विद्युतगृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।

भारतको एसबीआईसंग ऋण लिनका लागि प्रक्रिया अघि बढाएको एसजेवीएनले जनाएको छ । अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा अब औपचारिक रुपमा सम्झौता हुन बाँकी छ । हालसम्म आयोजनाको १५ प्रतिशत भन्दा बढी काम सकिएको छ । एसबीआईसंग ऋण सम्झौता हुन अझै २ महिनासम्म लाग्ने एसजेवीएनको भनाई छ ।

आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।

आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युतगृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।