लगानी सम्मेलनः हल्ला धेरै, प्रगति नगन्य, ‘एमओयू’ भइसकेका परियोजनामै पुन एमओयू

सम्मेलनमा प्रस्ताव गरिएका आयोजनामा विदेशी लगानीकर्ताले चासो नदेखाएपछि सरकारले पत्रकार सम्मेलन गर्न सकेन । जति उत्साहाका साथ सरकारले सम्मेलन सफल हुन्छ भनेर हल्ला गरेको थियो । तर, सम्मेलनपछि परिणाम न्युन आयो

काठमाडौ । धेरै हल्लाखल्लाबीच सुरु भएकोे लगानी सम्मेलनमा अधिकांश सम्झौता भइसकेका परियोजनामा पुन सम्झौता गर्दै लगानी सम्मेलन समापन भएको छ ।सरकारले लगानी सम्मेलनलाई तयार पारेको ७७ ओटा परियोजनामा ९९ प्रतिशत परियोजनामा सम्झौता हुन सकेन । अधिकांश पूराना र एक पटक एमओयू भइसकेका परियोजनामा पुन सम्झौता भएको छ ।

सरकारले तोकेका प्रथामिकता क्षेत्र कृषि, पूर्वाधार, पर्यटन, जलविद्युत्लगायतका कुनै परियोजनामा सम्झौता हुन सकेन । करिब ३७ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको कालिगण्डकी १६४ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि गत असार ५ गते संयुक्त विकास सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणका बेला उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले उक्त परियोजनाको एमओयू गरेको थिए । शनिबार पनि उनले एमओयू नै गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला सम्झौता भएको आयोजना शनिबार सम्पन्न भएको लगानी सम्मेलनमा पुन एमओयू भएको छ । त्यसैगरी, नेपालमा कार्यलय स्थापना गरेर काम नै सुरु भइसकेको सिजी सेल र टर्कीको टर्कसेलबीच देखाउनका लागि मात्रै एमओयू गरिएको छ ।

थापाथलीस्थित ट्रेड टावरमा अफिस राखेर काम सुरु गरेको कम्पनीले केही दिन अघि बिप नामक एप समेत सार्वजनिक गरेको छ । सम्मेलनमा प्रस्ताव गरिएका आयोजनामा विदेशी लगानीकर्ताले चासो नदेखाएपछि सरकारले पत्रकार सम्मेलन गर्न सकेन । जति उत्साहाका साथ सरकारले सम्मेलन सफल हुन्छ भनेर हल्ला गरेको थियो । तर, सम्मेलनपछि परिणाम न्युन आयो

त्यसैगरी, ९०० मेगावाटको अरुण तेस्रो जलविद्यूत आयोजनामा नबिल बैङ्कले ऋण प्रदान गर्ने विषयमा आयोजनासँग सम्झौता यसअघि नै भइसकेको हो । आफ्नो सफलता देखाउन सरकारले लगानी सम्मेलनका दिन पुन एमओयू गरेको छ । अरुण तेस्रोमा नेपालको नविल बैङ्क र नेपाल एसबीआईले १५ अर्ब रुपैयाँ अपुग हुने (ब्रिजलोन) दिने भएका छन् ।

निर्माणकै चरणमा रहेको आयोजनालाई ऋण दिने कुरा खासै ठूलो उपलब्धि होइन । तर, पनि सरकारले लगानी सम्मेलनमा यसलाई ठूलै उपलब्धिको रुपमा राखेको छ । गैरआवसीय नेपाली सङ्घ अध्यक्षको पद आफ्नो पक्षमा पार्न अध्यक्ष भवन भट्टले १० अर्ब रुपैयाँको फन्ड स्थापना गर्ने बताएका थिए । त्यही परियोजनामा शनिबार सरकार र भट्टबीच सम्झौता भएको छ ।

नेपालमा विदेशी लगानी भित्र्याउन सम्मेलनको आयोजना गरेको भए पनि अधिकांश पुराना र एमओयू भइसकेका परियोजना यस पटक पनि एमओयू गरिएको छ । लगानी सम्मेलनमा सम्झौता गरिएका अधिकांश परियोना नयाँ होइनन् । सरकारले आफ्नो उपलब्धी देखाउन पुन एमओयू गरिएको हो ।

सरकारले लगानी सम्मेलन हुनुपूर्व ७७ ओटा परियोजना तयार भएको र ३० खर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता आउने आँकलन गरेको थियो । शुक्रबार र शनिबार चलेको सम्मेलनमा विदेशी तथा स्वदेशी लगानीकर्ताले सकरात्मक सन्देश प्रवाह गरे पनि सहमाथि लगानीकर्ताको मन जित्न सकेन ।

उद्योगी उपेन्द्र महत्तोदेखि विश्व बैङ्कका उपाध्यक्ष हुँदै युनिलिभर नेपाल र सूर्य नेपालका प्रवन्ध निर्देशक अभिमन्यू पोदारले राखेको भनाइले लगानीकर्तालाई छुन सकेन ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता मध्ये २५ प्रतिशत रकम वास्तविक लगानी भित्र्याउने समेत बताएका थिए । तर, शनिबार सम्पन्न सम्मेलनमा कति प्रतिवद्धता आयो भन्ने समेत बताउँन चाहेनन् ।
‘रकम भन्न मिल्दैन्, पछि जानकारी गराउँला भन्दै पन्छिए । ‘आगामी २२ तारिका पत्रकार सम्मेलन हुन्छ, त्यही दिन जानकारी गराउँला,’ सम्मेलनमा पत्रकारले सोधेको उत्तर दिँदै भने, ‘अहिले त्यो भन्दा बढी भन्न मिल्दैन ।’

यस अघि २०७३ साल मार्च भएको लगानी सम्मेलनमा भएको उपलब्धीका बारेमा तत्काली सरकारले पत्रकारसम्मेलन गरेर समेत जानकारी गराएको थियो । यस पटक पत्रकार सम्मेलन पनि आयोजना गरिएन ।
यदि सरकारले पत्रकार सम्मेलन आयोजना गरेको भए, पत्रकारको प्रश्नको वर्षा लाग्ने र सरकारले सोचेको उपलब्धी हासिल नभएकाले सरकार पछि हटेको हो ।

सीईओ अधिकारीले सम्मेलन समापनकै क्रममा विश्वभरबाट ७३५ विदेशी लगानीकर्ता, ३०० विदेशी कम्पनी, ४० देश, ६०० आन्तरिक लगानीकर्ता, १०० स्वदेशी कम्पनी सहभागिता जनाएका थिए ।
उनका अनुसार यातायात तथा पूर्वाधारमा ७ ओटा, उर्जामा ४, कृषि पूर्वाधार ३, शिक्षा र स्वास्थ्यमा २, लजिस्टिक (बल्क टर्मिनल) १ ओटा निवेदन परेको छ ।

लगानी सम्मेलन ‘ग्रान्ड सक्सेस’ ः उद्योगी चौधरी 

समापन समारोहका वक्ताका रुपमा उभिएका उद्योगी विनोद चौधरीले लगानी सम्मेलन २०१९ ग्रान्ड सक्सेस भएको बताए । समापन समारोहलाई सम्बोधन गर्दै नेपाल लगानीका लागि विश्वमै उपयुक्त गन्तव्य भएको सन्देश विश्वभर फैलिएको बताए ।
नेपालमा स्थायी सरकार आएको छ । सक्रमणकालको अन्त्य भएको छ । लगानीको सुरक्षा र नेपालमा लगानी गर्दा प्रतिफल राम्रो पाइन्छ भन्ने सन्देश गएको उनको भनाइ छ ।

सरकार लगानी भित्र्याउन आतुर : पूर्व प्रधानमन्त्री दाहाल

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार लगानी भित्र्याउन आतुर रहेको बताएका छन् । समापन समारोहलाई सम्बोधन गर्दै दाहालले नेपाल आर्थिक विकासको चरणमा रहेको र त्यसका लागि सरकार जस्तोसुकै सेवा सुविधा दिन पनि तयार रहेको बताएका छन् ।
‘हामीलाई लगानी चाहिएको छ, तपाइहरुलाई (लगानीकर्ता) के के चाहिन्छ सरकारसँग माग्नुस्, दिन तयार छ,’ उनले भने ‘तर, नेपालमा लगानी गर्नुस् ।’