सरकारको निर्यात लक्ष्य हचुवा, ९३ अर्बबाट १४० अर्ब पुर्याउने आधार खै ?

आर्थिक वर्ष २०७१/७२ मा नेपालबाट ८५ अर्ब १९ करोड ४७ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । तर आर्थिक वर्ष २०७२/७३ मा निर्यात १७ प्रतिशतले खुम्चिएर ७० अर्ब २५ करोड रुपैयाँमा झरेको थियो । त्यो बेला भूकम्प र भारतीय नाकाबन्दीका कारण नेपालको निर्यात व्यापार ओरालो लागेको पाण्डे बताउँछन् । ‘एकातिर भूकम्प र अर्कोतिर भारतीय नाकाबन्दी निर्यातमा ठूलै धक्का दिएको तथ्याङ्कबाट देखिन्छ,’ उनी भन्छन्, ‘त्यही भएर निर्यात १७ प्रतिशत खुम्चिएको हो ।’

काठमाडौं । सरकारले हचुवाको भरमा आगामी आर्थिक वर्षमा निर्यातलाई ५० प्रतिशत बढाउने लक्ष्य राखेको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत चालू आर्थिक वर्षमा ९३ अर्ब र आगामी आर्थिक वर्षमा १ खर्ब ४० अर्ब रुपैयाँको वस्तु निर्यात गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । बिनातयारी नै सरकारले हचुवाको भरमा लक्ष्य लिएको अर्थविद्हरुले बताएका छन् ।

‘निर्यात बढ्ने कुनै आधार छैन । पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने वार्षिक १५ प्रतिशतको निर्यात वृद्धिदर देखिन्छ,’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेले क्यापिटल नेपालसँग भने, ‘अहिलेको वृद्धिदरबाट एकैचोटि तीन गुणाभन्दा बढी निर्यात गर्छु भन्नु हावादारीबाहेक केही होइन ।’

आर्थिक वर्ष २०७१/७२ मा नेपालबाट ८५ अर्ब १९ करोड ४७ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । तर आर्थिक वर्ष २०७२/७३ मा निर्यात १७ प्रतिशतले खुम्चिएर ७० अर्ब २५ करोड रुपैयाँमा झरेको थियो । त्यो बेला भूकम्प र भारतीय नाकाबन्दीका कारण नेपालको निर्यात व्यापार ओरालो लागेको पाण्डे बताउँछन् । ‘एकातिर भूकम्प र अर्कोतिर भारतीय नाकाबन्दी निर्यातमा ठूलै धक्का दिएको तथ्याङ्कबाट देखिन्छ,’ उनी भन्छन्, ‘त्यही भएर निर्यात १७ प्रतिशत खुम्चिएको हो ।’

त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा ३.५ प्रतिशतले व्यापार बढेको देखिन्छ । त्यो वर्ष ७३ अर्ब ३ करोड रुपैयाँबरारबको सामान निर्यात भएको देखिन्छ । तर जुन रुपमा वृद्धि हुनुपर्ने हो, त्यसरी बढ्न नसकेको पाण्डेको भनाइ छ ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट ८१ अर्ब ३० करोड रुपैयाँबराबरको सामान निर्यात भएको भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कबाट देखिन्छ । जब कि, त्यसको चार वर्षअघि नेपालबाट जति निर्यात भएको थियो, त्यति निर्यातसमेत भएको छैन । २०७१/७२ मा नेपालबाट ८५ अर्ब रुपैयाँ बराबरको सामान भारत, चीनलगायत अन्य तेस्रो मुलुकमा निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को १० महिनामा ७८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भइसकेको छ । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा ९३ अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य लिएको छ । चालू आवमै लिएको लक्ष्य भेटाउन मुस्किल पर्ने पाण्डे बताउँछन् । ‘चालू आवमा ९० अर्ब रुपैयाँबरारको मात्रै निर्यात हुन्छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘९३ अर्बको लक्ष्य भेटाउन मुस्किल हुने सरकारले १४० अर्ब रुपैयाँको लक्ष्य कसरी भेटाउला ?’

‘यो बजेटले आन्तरिक उत्पादन बढाउन केही नीतिगत कार्य गर्न खोजेको छ । आन्तरिक उत्पादनलाई संरक्षण दिन भन्सारमा केही कडाइको नीति अवलम्बन गरेको छ । यसले निर्यात त बढाउँदैन,’ वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझले भने, ‘आन्तरिक उत्पादन बढ्न सक्छ । तर निर्यात बढ्न सक्दैन ।’

सरकारले भन्सार कडाइ गर्नेबित्तिकै नेपालको उत्पादन लागत कम नहुने ओझाको भनाइ छ । ‘हाम्रो देशको उत्पादन लागत महँगो भएकाले निर्यात नबढेको हो,’ उनले भने, ‘भन्सार कडाइले निर्यात बढ्दैन, त्यो कुरा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि राम्रोसँग बुझ्नुभएको छ । तर यस्तो कुरा कसरी बजेटमा आयो, थाहा भएन ।’

उनका अनुसार जुन हिसाबले नेपालमा आयात बढेको छ, त्यसरी निर्यातमा वृद्धि हुन सकेको छैन । आर्थिक वर्ष २०७१/०७२ मा ७ खर्ब ८६ अर्ब रुपैयाँबराबरको वस्तु नेपाल भित्रिएको देखिन्छ । आव २०७२/०७३ मा ७ खर्ब ७४ अर्ब रुपैयाँबराबरको वस्तु नेपाल भित्रिएको थियो । आव २०७१/७२ को तुलनामा आव २०७२/७३ मा १.४५ प्रतिशत मात्रै आयात बढेको देखिन्छ ।

तर आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३/७४ मा २१ प्रतिशतले आयात वृद्धि भएको छ । त्यो अवधिमा आयात ह्वातै बढेको दे