शुक्रबारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार तथा १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य रहेको जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले एक दशकमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार तथा १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य रहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन हुने बिजुलीका लागि अन्तरदेशीय बजार खुलेको बताए । नेपालले भारत हुँदै बंगलादेशसम्म बिजुली निकासी गर्ने योजना रहेको उनले सुनाए । बंगलादेशसँग विद्युत् खरिदबिक्री सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए ।
दक्षिण एसियामा बजार खुलेकाले जलविद्युतमा लगानी गर्न उनको आग्रह छ ।