नेपाल वैदेशिक लगानीको आकर्षक गन्तव्य : डा. रामशरण महत

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.४ प्रतिशत मात्र वैदेशिक लगानी रहेको बताउँदै उनले भने आर्थिक वृद्धि र विकासका लागि स्वदेशका अतिरिक्त विदेशी लगानी आवश्यक रहेकाे भनेका हुन् । उनले भारत, पाकिस्तान र वंगलादेशभन्दा नेपालमा विदेशी लगानी धेरै कम रहेको जनाए ।

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य भएको बताएका छन् । नेपालमा शिक्षा र स्वास्थ्य, पूर्वाधार, उद्योग र सेवालगायत धेरै लगानीका क्षेत्र रहेको जानकारी दिए ।

नेपाली काँग्रेसका तर्फबाट लगानी सम्मेलनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री डा महतले विदेशी लगानीका लागि नेपाल धेरै प्रतिस्पर्धी क्षेत्र भएको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.४ प्रतिशत मात्र वैदेशिक लगानी रहेको बताउँदै उनले भने आर्थिक वृद्धि र विकासका लागि स्वदेशका अतिरिक्त विदेशी लगानी आवश्यक रहेकाे भनेका हुन् । उनले भारत, पाकिस्तान र वंगलादेशभन्दा नेपालमा विदेशी लगानी धेरै कम रहेको जनाए ।

विदेशी लगानीले रोजारी, उत्पादन र आर्थिक विकासमा सहयोग गर्नका साथै प्रविधि भित्र्याउने बताए । नेपालको व्यापार घाटा बढेकाले यसलाई कम गर्न विदेशी लगानी चाहिने महतको भनाइ छ । १० अर्ब डलरभन्दा बढी व्यापार घाटा भएको तथ्याङ्क पेश गर्दै डा महतले भने यसलाई कम गर्न विदेशी लगानी आवश्यक पर्ने बताए । नेपाली काँग्रेसले विदेशी लगानी ल्याउन सहयोग गर्ने उनकाे भनाइ थियाे ।

सन् १९९० पछि नेपालले लिएको आर्थिक उदारिकरणले सामाजिक सुरक्षा, मानव विकास सुचाकमा सुधार ल्याएको उनले बताए ।

संविधान जारीपछि देशमा स्थीर सरकार बनेकाले अब विदेशी लगानी ल्याएर आर्थिक विकासमा र वृद्धिमा जानुपर्ने उनको सुझाव थियो । नेपाली पुँजीले मात्र नपुग्ने भएपछि विदेशी लगानी आवश्यक भएको उनले बताए ।

सडकलगायत अन्य पूर्वाधार विकासमा धेरै प्रगति भएको सुनाउँदै उनले सडक विस्तार ७ हजार किलोमिटरबाट बढेर ८८ हजार किलोमिटर पुगेको महतले जानकारी दिए । नेपाल हरित ऊर्जा उत्पादनको ठूलो सम्भावना भएको बताउँदै यसबाट लाभ लिन उनले विदेशी लगानीकर्तालाई आग्रह गरे ।