नेपाल इन्भेष्टमेन्टले ७ वर्ष अर्थात २०८२ सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको ब्याज १०.५ प्रतिशत छ । यस्तै बंगलादेश बैंङ्कले वार्षिक १०.२ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ऋणपत्र ल्याउने छ । बंगलादेशले ल्याउने ऋणपत्रको अवधि २०८५ सम्म छ ।
काठमाडौं । पुँजी जुटाउन दुई वाणिज्य बैंङ्कले ४ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंङ्क र नेपाल बंगलादेश बैंङ्कले ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।
दुबै बैंङ्कले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नेपाल इन्भेष्टमेन्टले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता र नेपाल बंगलादेशले पनि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन ।
नेपाल इन्भेष्टमेन्टले ७ वर्ष अर्थात २०८२ सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको ब्याज १०.५ प्रतिशत छ । यस्तै बंगलादेश बैंङ्कले वार्षिक १०.२ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ऋणपत्र ल्याउने छ । बंगलादेशले ल्याउने ऋणपत्रको अवधि २०८५ सम्म छ ।
साउनयता एनआईसी एसिया बैंङ्क, सानिमा बैंङ्क, सिद्धार्थ बैंङ्क, ग्लोबल आईएमई बैंङ्क, एनएमबी बैंङ्क र सनराइज बैंङ्कले गरी १५ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेका छन् ।