एनआईसी एशिया बैङ्कले दियो पशुपतिमा घुम्ती शौचालय

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालको उपस्थितिमा शौचालय हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ ।

काठमाडौं । एनआईसी एशिया बैङ्कले पशुपति क्षेत्र विकास कोषलाई घुम्ती शौचालय दिएको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालको उपस्थितिमा शौचालय हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ ।

वातावरणमैत्री घुम्ती शौचालको सही प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढीभन्दा बढी दर्शनार्थीलाई पाशुपत क्षेत्रमा सहज दर्शन भ्रमणमा सहयोग पुग्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको भनाइ छ ।

बैङ्कले मुलुकभर आफ्ना २ सय ८१ ओटा शाखा, २ सय ८९ एटीएम, ३९ ओटा एक्सटेन्सन काउन्टर एवम् २३ ओटा शाखारहित बैङ्किङ एकाइ तथा करिब १४ लाख ४० हजार ग्राहक रहेको जनाएको छ ।