कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजनाबाट असारभित्र बिजुली उत्पादन हुने कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । आयोजनाबाट चैतमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा कार्यतालिकालाई संशोधन गरी असारमा पुर्याइएको हो ।
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले निर्माण गरिरहेको दुई आयोजनाबाट आउँदो असारदेखि बिजुली उत्पादन हुने भएको छ ।
कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजनाबाट असारभित्र बिजुली उत्पादन हुने कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । आयोजनाबाट चैतमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा कार्यतालिकालाई संशोधन गरी असारमा पुर्याइएको हो ।
आयोजना बनाउन ३ अर्ब १४ करोड ६४ लाख रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ । जसअनुसार उपल्लो खिम्तीको १ अर्ब ९१ करोड ३९ लाख र अपरखिम्तीको १ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ ।
यो समेत यस वर्ष झन्डै ३०० मेगावाट बिजुली प्रणालीमा थप हुने अनुमान गरिएको छ । आयोजनाबाट लगानी फिर्ता ६ वर्षमा हुने छ । आयोजनाको चुक्तापुँजी ९९ करोड रुपैयाँ छ । आयोजना रामेछाप र दोलखा भएर बग्ने खिम्तीमा पर्छ ।
कम्पनीले चैत २० गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १४ करोड ८५ रुपैयाँ बराबरका १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ बन्द छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेडले जनाएको छ ।