भवन भट्टले दिएको उपहार उद्योगमन्त्री यादवले गरे अस्वीकार

लगानी सम्मेलनका अवसरमा होटल सोल्टीमा संघका अध्यक्ष भट्टले मन्त्री यादवलाई उपहार दिएका थिए ।

काठमाडौं । उद्योगमन्त्री मातृकाप्रसाद यादवले गैरआवसीय नेपाली संघका अध्यक्ष भबन भट्टले दिएको उपहार लिन अस्वीकार गरेका छन् । लगानी सम्मेलनका अवसरमा होटल सोल्टीमा संघका अध्यक्ष भट्टले मन्त्री यादवलाई उपहार दिएका थिए ।

तर, उनले उपहार लिन मानेनन् । मन्त्री यादवले सरकार नै लगानी सम्मेलनकाे आयोजक भएको भन्दै उपहार लिन अस्वीकार गरेका हुन् ।
भट्टले दिएको उपहार उद्योग सचिव यामकुमारी खतिवडाले लिएकी छन् ।