ग्लोबल आईएमई बैङ्कले दियो सहुलियतपूर्ण कर्जा 

ग्लोबल आईएमई बैङ्कले भूकम्पपीडितका निम्ति निजी आवास निर्माण कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमशील कर्जा, ब्याज अनुदानसहितका अन्य सहुलियतपूर्ण कर्जा दिँदै आएको जानकारी दिएको छ । 

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको छ । यसैबीच बैङ्कको त्रिशुली शाखा, नुवाकोटबाट चैत १५ मा एक समारोहबीच विभिन्न ६ जना भूकम्पपीडित व्यक्तिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भूकम्पपीडितको निजी आवास निर्माण कर्जा वितरण गरेका छन् ।

 

सोही अवसरमा बैङ्कका रिटेल बैङ्किङ प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकलाई कृषि तथा पशुपन्छी कर्जा र महिला उद्यमशील कर्जा वितरण गरेका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्पपीडितको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताएका छन् । घर नबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाका कारण घर नबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घर भएर नबनाएको हो भने लाभग्राही सूचीबाट हटाउने उनको भनाइ छ ।

 

ग्लोबल आईएमई बैङ्कले भूकम्पपीडितका निम्ति निजी आवास निर्माण कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमशील कर्जा, ब्याज अनुदानसहितका अन्य सहुलियतपूर्ण कर्जा दिँदै आएको जानकारी दिएको छ ।

 

बैङ्कले १ सय ३४ ओृटा शाखा, १५ ओटा राजस्व सङ्कलन काउन्टर, १ सय ४२ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टर तथा १ सय २४ शाखारहित बैङ्किङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।