कामना सेवाकोे ७९औंं शाखा बुटवलको मैनाबगरमा

बैङ्कले यही चैत्र १८ गते आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा बुटवल नगरपालिकाको वडा नं २, मैनाबगरमा खोलेको छ । बैङ्कले यही चैत्र १८ गते आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैङ्कका सञ्चालक भीमप्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । सञ्चालक तुलाचनले शाखा उद्घाटन गर्दै बैङ्कले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने बताए । सो अवसरमा उनले बैङ्कको भावी रणनीति र कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिएका थिए ।