सिद्धार्थ बैङ्कको नयाँ शाखा बागलुङमा

सिद्धार्थ बैङ्कको नयाँ शाखा बागलुङमा खुलेको छ । शाखाको नेपाल उद्योग बाणिज्य महाङ्घका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ र बागलुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष जयराम भारीले उद्घाटन गरेका थिए ।

सिद्धार्थ बैङकका देशभर ९२ शाखा रहेका छन । तीन एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैङ्किङ सेवा, एक सय पाँच एटीमबाट बैङ्किङ सेवा दिँदै आएको बैङ्कले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्म बैङ्कले कुल निक्षेप ८५ अर्ब ५७ करोड र कर्जा लगानी ७६ अर्ब ९५ करोड गरेको बैङ्कले जनाएको छ । पुस मसान्तसम्म खुद मुनाफा ७७ करोड गरेको बैङ्कका सहयाक प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेलले जानकारी दिए ।