बैठकमा बोल्ने समिति सदस्य तथा सांसदहरूले पुनर्निर्माणमा भइरहेको ढिलाइ, अनुदान वितरण र वास्तविक भूकम्पपीडितको पहिचान हुन नसकेकोमा प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौंं । सिंहदरबार पुनर्निर्माणका लागि वैशाख १५ भित्र डिजाइन फाइनल गरिने भएको छ । चैत मसान्तसम्म डिजाइन रिभ्यू हुनेछ ।
सङ्घीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले सिंहदरबारको पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढाइएको बताए ।
वैशाखभित्र टेन्डर आह्वान गरिने उनको भनाइ छ । सिंहदरबारको प्रबलीकरण गर्नुपर्ने, डिजाइन र थप भौतिक संरचना बचाई पुनर्निर्माण गर्नुपरेकाले ढिलाइ भएको उनले जानकारी दिए ।
बैठकमा बोल्ने समिति सदस्य तथा सांसदहरूले पुनर्निर्माणमा भइरहेको ढिलाइ, अनुदान वितरण र वास्तविक भूकम्पपीडितको पहिचान हुन नसकेकोमा प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।
समिति सभापति कल्याणी खड्काले तत्काल पुनर्निर्माणमा देखिएको समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिइन् ।