मौसम परिवर्तन सुरक्षा खतरा पनि हो, यसमा सतर्क हुनैपर्छ

हाम्रो जीवन त्यो समय अहिले जस्तै सहज थियो । तर त्यति बेला प्रकृति अहिले जस्तो चुनौतीपूर्ण र अनुमान गर्न असम्भव हुने किसिमको थिएन । अहिले वातावरण विनाशमा कुनै भूमिका निर्वाह नगरे पनि हामी यस्तो अवस्थाको सामना गरिरहेको छौं, जहाँ हाम्रो बङ्गलादेश आज विश्वकै सबैभन्दा कमजोर वातावरण भएको मुलुक बनेको छ ।

एजेन्सी । करिब तीन वर्षको निरन्तर दुविधापछि वल्र्ड इकोनोमिक फोरमको ग्लोबल रिस्क रिपोर्टले वैश्विक व्यापार तथा उद्योगका लागि मौसम परिवर्तनलाई सबैभन्दा घाटत खतराका रुपमा पहिचान गरेको छ । सो प्रतिवेदनमा मौसम ‘मिटिगेसन’ र ‘एडप्टेसन’को असफलताले जल सङ्कट तथा प्राकृतिक प्रकोप उत्पन्न हुने र त्यसले विश्वभरको व्यापार र उद्योगमा असर पुर्याउने लेखिएको छ ।

बङ्गलादेशले जत्तिको मौसम परिवर्तनको असरलाई अन्य कुनै मुलुकले पनि नजिकबाट देखेको छैन । म बङ्गलादेशको ग्रामीण स्वच्छ नदी तिरमा जन्मेकी हुँ । जब म मेरो गाउँमा १५, १६ वर्षको उमेरमा हुर्किरहेकी थिएँ, त्यति बेला हाम्रो गाउँमा पर्याप्त सडक र बिजुली थिएन । नदी र मुनसुनी बाढीपहिरो हाम्रो जीवनको एउटा पाटो नै बनेको थियो । मेरा बुबा कति जनाको जीवन र जीविका बङ्गलादेशको जटिल तरिकाले ती जमिन, नदी, सिमसार र समुद्रसँग जोडिएको छ भनेर गणना गर्नुहुन्थ्यो ।

हाम्रो जीवन त्यो समय अहिले जस्तै सहज थियो । तर त्यति बेला प्रकृति अहिले जस्तो चुनौतीपूर्ण र अनुमान गर्न असम्भव हुने किसिमको थिएन । अहिले वातावरण विनाशमा कुनै भूमिका निर्वाह नगरे पनि हामी यस्तो अवस्थाको सामना गरिरहेको छौं, जहाँ हाम्रो बङ्गलादेश आज विश्वकै सबैभन्दा कमजोर वातावरण भएको मुलुक बनेको छ ।

विश्वलाई पनि यो कुरा थाहा छ— कसरी बढ्दो तुफान, हावाहुन्डरी र मुनसुनी बाढीले बङ्गलादेशको जीवनमाथि चुनौती खडा गरेको छ । हाम्रो दक्षिणी सीमामा रहेको बङ्गालको खाडी दिनदिनै अम्लीय बन्दै छ । समुद्री सतह बढेसँगै हाम्रो एक तिहाइ जनसङ्ख्या विस्थापनको खतरामा छ । मौसम परिवर्तनको प्रभावको परिणामस्वरुप वर्षैपिच्छे हाम्रो कुल गार्हस्थ्य उत्पादनमा २/३ प्रतिशतले ह्रास आउँदै छ ।

प्रत्येक मुनसुन र बाढीले नदी तिरहरु सोहोरेर लान्छन् । परिवारहरु रातमै भूमिविहीन र सहयोगविहीन बन्छन् । हजारौं एकरको खेतीयोग्य जमिन हराएर गएका छन् । यसमा अनौठो मान्नुपर्ने केही कुरा छैन, जब सबैलाई थाहा छ, हाम्रो नदिनले विश्वभरका प्रमुख नदीले बोक्ने नदीभित्रका फोहोरका थुप्रोको एक चौथाइ भाग हाम्रो नदीले बोक्ने गर्छन् ।

यो झरीको गति र बढ्दो तापक्रमको अनियमित ढाँचाले मानिसहरुका लागि कृषिलाई जटिल बनाएको छ । जब मैले देशभरका नागरिकसँग अन्तक्र्रिया गरे, तब उनीहरुले सुक्खा मौसममा खडेरीको बढ्दो समस्यालाई पनि प्रकाशमा ल्याएका छन् । बेलायतको मौसम परिवर्तनमाथि काम गर्ने संस्था यूके मेट अफिसले फेब्रुअरीको सुरुवातमा २०१४ देखि २०२३ बीचको दशक १५० वर्षकै सबैभन्दा गर्मी दशक हुने पूर्वानुमान गरेको गरेको छ ।

यो मौसम परिवतर्नले नयाँ प्याथोजिन्स अर्थात् रोगव्याधि फैलाउने नयाँ जीवाणुहरुको उत्पत्तिमा सहयोग गर्छ । हामीले उन्मूलन गरिसकेको मलेरिया फर्केर आउने खतरा छ । त्यस्तै प्रकारको रोगको जोखिम अन्न, पशुपक्षी र पोल्युटरी फार्ममा पनि देखिएको छ । तापक्रममा आइरहेको भिन्नताले हाम्रो मच्छपालनमा चुनौती खडा गरिरहेको छ । यो सबै कुराले हाम्रो विकासमा अमूल्य प्राप्ति र गरिबी उन्मूलन प्रयासमा गम्भीर चुनौती ल्याएको छ ।

यी चुनौतीहरुको बावजुद पनि बङ्गलादेश आज बङ्गलादेश चामल उत्पादनमा चौथो ठूलो उत्पादक, माछा उत्पादनमा पनि चौथो ठूलो उत्पादक, तरकारी उत्पादनमा पाँचौं ठूलो उत्पादक, हर्टिकल्चरमा शीर्ष १० उत्पादकभित्र पर्न सफल भएको छ । हामीले विश्वलाई जादुई फाइबर जुट उत्पादन गरेर दिएका छौं, जसले मौसम परिवर्तनलाई रोक्न मद्दत गरेको छ । हामीले मौसम परिवर्तनसँगको सामञ्जस्यको प्रतिक्रियास्वरुप तनाव बेहोर्न सक्ने विभिन्न प्रकारका अन्नपात विकास गरेका छौं । यो सम्पूर्ण प्राप्तिहरु हाम्रो किसानहरुको दिमाग र नविता सृजना गर्नसक्ने क्षमताको कारण सम्भव भएको हो उहाँहरुलाई धन्यवाद ।

तर हामीलाई हाम्रो गरेको प्रगतिलाई निरन्तर कामय गर्न सक्दैनौं कि भन्ने कुरामा चिन्ता छ । मौसम परिवर्तनलाई कम गर्ने प्रयासलाई अँगाल्न विश्वले हिचकिचाएको बङ्गलादेशले देखेको छ । बितेको दशकदेखि मैले विश्वलाई भन्दै आएकी छु कसरी नदी कटान, पानीको तनाव खराब पानीको मिसावट र ग्राउन्डवाटरमा अर्सेनिक तत्वको मिसावटले दशौं लाख बङ्गलादेशी नागरिकलाई उनीहरुको पुख्र्यौली जमिन छोड्न बाध्य पारिरहेको छ ।

एउटा निराशाको भावले यहाँका करिब १६ करोड नागरिकलाई घेरिहरेको छ । उनीहरुले उनीहरुको संसाधन र स्रोत घट्दै गइरहेको, सामना गर्न सक्ने क्षमता घट्दै गएको र सहायता डुब्दै गएको पाइरहेका छन् । मौसमी कमजोरीले सामाजिक अस्थिरतालाई र विभिन्न समुदायबीचको एकतालाई थप स्पष्ट देखाएको छ । यसको परिणामस्वरुपमा समाजको विभिन्न गाँठहरुमा विभिन्न किसिमका तनावहरु देखा परिरहेका छन् ।

म एउटा युद्धको स्थापित मान्यताप्रति कमै चिन्तित छु । तर त्यसको सट्टा म मौसमी तनावले सृजना गरेको तनावलाई अनुमान लगाउँछु, जसले समुदायबीच विभिन्न स्वरुपको द्वन्द्धहरु उत्पन्न गराउने र सल्काउने काम गरिरहेको छ । हामी दुविधाको राजनीतिबाट माथि उठ्नु पर्छ र कमजोर अर्थतन्त्र र मानव सुरक्षालाई जोखिममा पुर्याइरहेको कमजोर मौसमी अवस्थालाई स्वीकार गर्नुपर्छ ।

मौसम परिवर्तनलाई सम्बोधन गर्नका लागि हामीसँग पर्याप्त विज्ञान, प्रविधि, नविनतम खोज र वित्तीय क्षमता हाम्रै हातमा छ । तर यहाँ महत्वपूर्ण कमी भनेको मौसम परिवर्तनविरुद्ध प्रतिक्रिया लिन सक्ने महत्वपूर्ण वर्गको चाहनाको कमी हो । हामीले हाम्रो जीवनशैली, सोच, प्रणाली र अर्थतन्त्रमा परिवर्तन ल्याउन आवश्यक छ । २०१२ मा मैल न्युयोर्कमा स्यु मोटोको प्रतिज्ञा लिएको थिए जसमा मैले मौसम परिवर्तनविरुद्ध हाम्रो असल प्रयासको रुपमा बंगालदेशले कम कार्बन उत्सर्जनको बाटोमा हिँड्ने बताएको थिए ।

मौसम परिवर्तनविरुद्ध काम गर्ने समय अहिले हो । यदि कसैले अझै पनि मौसम परिवर्तनमाथि शंका गर्छ भने बङ्गलादेशको थोरै भए पनि भ्रमण गरिदिन निमन्त्रणा गर्छु । मौसम परिवर्तनले कसरी बिस्तारै करोडौं मानिसहरुको जीवनमा असर पुर्याउँछ भन्ने कुरा देखाउन म तपार्इंहरुसँग हिँड्न तयार छु ।