सनराइज बैंङकको १ अर्बको ऋणपत्र बिक्री खुल्ला, ४० करोडसम्म किन्न पाइने

ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । ऋणपत्र २०८० मा फिर्ता हुने छ ।

काठमाडौं । सनराइज बैंङ्कको ऋणपत्र (डिवेञ्चर) बुधबारदेखि निष्कासन भएको छ । बैंङ्कले लगानीका लागि स्रोत जुटाउन प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । ऋणपत्र २०८० मा फिर्ता हुने छ । कुल निष्कासन मध्ये ४ लाख कित्ता सर्वसाधारण र ६ लाख कित्ता संस्थागत लगानीकर्तालाई छुट्टाइएको निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

न्युनतम २५ हजारदेखि अधिकतम ४० करोड रुपैयाँसम्म आवेदन दिन पाइने प्रभुले जनाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा आउँदो सोमबार र ढिलोमा बैंशाख २९ गतेसम्मलाई तोकिएको छ ।

ऋणपत्रबाट संकलन गरेको पुँजीमध्ये ८० करोड रुपैयाँ कर्जा सापटी, २० करोड रुपैयाँ तरलता व्यवस्थापन तथा व्यवसाय विस्तारमा लगानी गर्ने बैङ्कले जानकारी दिएको छ ।