ग्लोबल आईएमई बैङ्कका थप ५ शाखारहित बैङ्किङ सेवा

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैङ्किङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैङ्कले ती स्थानहरुमा शाखारहित बैङ्किङ सेवा सुरु गरेको बताएको छ ।

काठमाडौं । ग्लोबल आईएमई बैङ्कले विभिन्न जिल्लामा थप ५ ओटा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैङ्कले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका–३, इरिवाङमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका–२, ठूलोगाँउमा १२३औँ,े इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४औँ, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडामा १२५औँ र पाँचथर जिल्लाको हिलिगाँउ गाउँपालिका–२, सिङ्गापुरमा १२६औँ शाखारहित बैङ्किङ सेवा सुरु गरेको हो । यी पाँच ओटै शाखारहित बैङ्किङ सेवा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयवासीको रोहबरमा उद्घाटन भएका थिए ।

शाखारहित बैङ्किङ सेवाबाट देशका ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैङ्किङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, डीसीएमए, यूटीएल आदिको महसुल भुक्तान गर्ने तथा मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।