सहकारीबाट मात्रै ३९३ अर्ब लगानी हुने, सम्पत्ति शुद्धिकरणको दायरामा ल्याइने

५ वर्षको अवधिमा सहकारीबाट हुने लगानी १ खर्ब २० अर्ब रुपैयाँ बढाउने लक्ष्य सरकारले लिएको छ ।

काठमाडौं । आउँदो ५ वर्षमा सरकारी संस्थाको कर्जा लगानी विस्तार हुने भएको छ । आर्थिक वर्ष ०८०/०८१ सम्म सहकारीबाट हुने कर्जा लगानी विस्तार भई ३ खर्ब ९३ अर्ब रुपैयाँ पुग्ने भएको छ ।

हालसम्म विभिन्न सहकारी संस्थाबाट २ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । ५ वर्षको अवधिमा सहकारीबाट हुने लगानी १ खर्ब २० अर्ब रुपैयाँ बढाउने लक्ष्य सरकारले लिएको छ ।

सरकारले सार्वजनिक गरेको १५ औं योजनामा सहकारीबाट हुने लगानी विस्तार हुने जानकारी दिएको छ । ५ वर्षमा सहकारीमा हुने वचत बढेर ३ खर्ब ८४ पुग्ने छ ।

सेयर पुँजी बढेर ८६ अर्ब रुपैयाँ र ८३ हजारलाई प्रत्यक्ष रोजगारी दिने योजना सरकारको छ । ५ वर्षको अवधिमा सहकारीमा महिलाको सदस्यता ५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

हालसम्म ३ खर्ब २ अर्ब रुपैयाँ सहकारीमा बचत र ७३ अर्ब रुपैयाँ सेयर पुँजी छ । हाल ६३ लाख सेयर सदस्य छन् । ६१ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

सरकारले सहकारी संस्थालाई पनि सम्पत्ति सुद्धिकरणको दायरामा ल्याउने भएको छ । सहकारी संस्थाबाट उत्पादन हुने वस्तुको बजारीकरण र ब्राण्डिङ गरिने आधारपत्रमा उल्लेख छ । निष्क्रिय अवस्थामा रहेको सहकारी संस्थालाई पुन सञ्चालनमा ल्याउने तयारी सरकारको छ ।