बैङ्कले सम्पूर्ण सेवाग्राहीलाई उपयुक्त हुने ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारी केन्द्रित चमत्कारिक तलब बचत खाता योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । एनआईसी एसिया बैङ्कले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा सर्वाधिक उच्च ब्याजदरका अतिरिक्त २२ ओटा चमत्कारिक विशेषता रहेका विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ ।
बैङ्कले सम्पूर्ण सेवाग्राहीलाई उपयुक्त हुने ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारी केन्द्रित चमत्कारिक तलब बचत खाता योजना सार्वजनिक गरेको हो ।
निक्षेप योजनामा सेवाग्राहीले १५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगको बिमा तथा एक लाख ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैङ्कले बताएको छ ।
बैङ्कले कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याएको उक्त योजनामा २२ चमत्कारिक फाइदाहरुले सम्पूर्ण क्षेत्र, भेग, तह र तप्काले फाइदा लिनसक्ने बिश्वास लिएको छ ।
उल्लिखित सुविधाका अतिरिक्त नेपालमै पहिलो पटक स्वाइप इन स्वाइप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाइने बैङ्को भनाइ छ । देशभर रहेका कुनै पनि बैङ्कको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने चमत्कारिक फाइदासमेत प्रदान गरिने गरी चमत्कारिक वचत खाताको योजना ल्याएको बैङ्कले बताएको छ ।
सुन तथा चाँदीका सिक्का प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी बचत योजना, घरमै बैङ्किङ सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना पनि बैङ्कले सार्वजनिक गरेको छ । यसैगरी चमत्कारिक बाबुनानी बचत योजना, चमत्कारिक विद्यार्थी बचत योजना, आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा चमत्कारिक फाइदाका साथ चमत्कारिक तलब बचत योजना सार्वजनिक गरेको हो ।