सबैंको लघुवित्तले ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता र आँधिखोलाले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न रेटिङ गरेका छन् । इक्रा नेपाल लिमिटेडले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ ग्रेड ४ को प्रमाणपत्र दिएको छ ।
रेटिङपछि संस्थाले आईपीओ निष्कासन गर्न अनुमति पाउने छन् । नेपाल धितोपत्र बोर्डले ग्रेड ४ भन्दा कम प्रमाणपत्र पाउने संस्थालाई आईपीओ निष्कासन अनुमति बन्द गरेको छ ।
सबैंको लघुवित्तले ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता र आँधिखोलाले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
यी दुई संस्थाले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ निष्कासन गर्ने छन् । ग्रेड ४ ले औसत भन्दा तल आधार रहेको जनाउने इक्राले जानकारी दिएको छ ।