बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

रक्तनलीले जसरी मानव शरीरमा काम गर्छ, त्यसरी नै बैङ्किङ प्रणालीले पनि काम गर्छ । यो एउटा ‘सप्लाई लाइन’ हो, जसले देशको अर्थतन्त्रमा पैसा प्रवाह गर्छ ।

बैङ्कले कुनै पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निकै महङ्खवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको अर्थतन्त्रलाई गतिशील बनाउन उसको योगदान धेरै हुन्छ ।

देशको अर्थतन्त्रलाई उकास्न योगदान गरेका बैङ्कहरु कहिलेकाहीँ आफैं सङ्कटमा परेका उदाहरण पनि पाइन्छन् । सन् २००८ मा अमेरिकाका बैङ्कले ठूलो चुनौतीको सामना गरे । त्यो बेला बैङ्कहरु पतन हुने अवस्थामा थिए ।

तर त्यो समय अमेरिकी सरकार आफैं अग्रसर भएर बैङ्कलाई सहायता प्रदान ग¥यो, पुनः पुँजीकरण ग¥यो । पछि अमेरिकाका बैङ्कहरुले फड्को मारे ।

बैङ्क धराशायी बन्यो भने देशको अर्थतन्त्र नै ‘कोल्याप्स’ हुन्छ । त्यसैले बैङ्कलाई जोगाउनुपर्छ । बैङ्क भनेको अर्थतन्त्रको रक्तनली हो । शरीरमा रक्तनलीको जति महङ्खव हुन्छ, त्यति नै अर्थतन्त्रमा बैङ्कको महङ्खव रहन्छ । रक्तनली, जसले शरीरका विभिन्न अङ्गमा अक्सिजन र ग्लुकोज पु¥याउने गर्छ । शरीरका जुन भागमा यी तङ्खव राम्ररी पुग्छन्, ती स्थान स्वस्थ हुन्छन् र नपुगेका ठाउँहरु मृत हुन्छन् । त्यसकारण यो सबै ठाउँमा पुग्न आवश्यक छ । रक्तनलीले जसरी मानव शरीरमा काम गर्छ, त्यसरी नै बैङ्किङ प्रणालीले पनि काम गर्छ । यो एउटा ‘सप्लाई लाइन’ हो, जसले देशको अर्थतन्त्रमा पैसा प्रवाह गर्छ ।

जुनसुकै मुलुकको अर्थतन्त्रको विकासका लागि बैङ्किङ प्रणाली बलियो हुन आवश्यक छ । भारतमै हेर्ने हो भने बिहारभन्दा महाराष्ट्र निकै विकास भएको मानिन्छ । किनभने त्यहाँको बैङ्किङ प्रणाली निकै विकसित छ । महाराष्ट्रका जनताको बचत धेरै छ । यसकारण स्वस्थकर एवम् बलियो बैङ्किङ प्रणाली कुनै पनि मुलुकको अर्थतन्त्र विकासका लागि पहिलो आवश्यकता हो ।
त्यसैगरी, बैङ्क भनेको एउटा व्यापार मात्र पनि होइन । अन्य व्यवसाय जसरी गरिन्छ, त्यसरी बैङ्क खोलेर व्यवसाय गर्न मिन्दैन । यो एकदमै संवेदनशील क्षेत्र हो, यसलाई आफ्ना हिसाबले चल्न दिनुपर्छ । बैङ्कले एउटा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ । जो मानिसको पैसा बचत गर्ने बानी छ, उनीहरु मुद्दती, चल्ती खातामा पैसा बचत गर्छन् र उनीहरु नै कोष प्रदायक हुन् ।

मुलुकको अर्थतन्त्रको विकासका लागि बैङ्किङ प्रणाली बलियो हुन आवश्यक छ । भारतमै हेर्ने हो भने बिहारभन्दा महाराष्ट्र निकै विकास भएको मानिन्छ । किनभने त्यहाँको बैङ्किङ प्रणाली निकै विकसित छ ।

बैङ्क मध्यस्थकर्ता भएका कारण उनीहरुले आर्थिक वृद्धिका लागि त्यही कोषबाट लगानी गर्छन् । आर्थिक वृद्धिका खातिर व्यापार व्यवसाय, हाउजिङ, उद्योगलगायत क्षेत्रमा ऋणका रुपमा बैङ्कले पैसा दिन्छन् । यदि हाउजिङका लागि कसैले ऋण लियो भने त्यो घर निर्माणका लागि श्रमिकको आवश्यकता पर्छ, सिमेन्ट, विद्युतीय सामग्रीलगायत धेरै वस्तु उत्पादनको आवश्यकता पर्छ, जसले आर्थिक विकासका लागि ‘इन्पुट’ प्रदान गर्छ ।

नेपालमा हाम्रो साझेदार एभरेस्ट बैङ्कले देशको आर्थिक विकासका लागि राम्रो गरिरहेको छ । यसले नेपालको अर्थतन्त्रमा दोस्रो ठूलो बैङ्कको भूमिका राम्ररी निर्वाह गरिरहेको छ । नेपालमा आयस्रोतका धेरै स्रोत छन् । कृषि, जलविद्युत्बाट नेपालले ठूलो फाइदा लिन सक्छ । यहाँको मौमसी अवस्थाले विश्वका बाँकी भागलाई भन्दा फरक तरिकाले विकास हुने अवसर प्रदान गर्दछ ।
हाउजिङ र कृषि उत्पादनका लागि नेपालको मौसम राम्रो छ । खनिजका रुपमा यहाँ धेरै प्राकृतिक संसाधन छैन । तर यहाँ भरपूर मात्रामा हिमालय, प्रकृति र अनुकूल मौसम छ । यहाँका फाँटहरुले राम्रो कृषि उत्पादन दिन सक्छन् । र देशको अर्थतन्त्रमा प्रमुख भूमिका खेल्न सक्छन् ।

गुणस्तर र बजारमा कसरी लैजानुहुन्छ भन्ने आधारमा नेपालबाट उत्पादित एउटै वस्तुको मूल्यमा फरक आउन सक्छ । नेपालले कृषि र यसमा आधारित उद्योगमा प्रविधिको सहजतासँग प्रवेश गर्न सक्ने राम्रो सम्भावना छ । जस्तै, इजरायल ‘एग्रो’ प्रणालीमा गएको छ । गम्भीर मौमसी समस्याका बाबजुद पनि उसले हरित कृषिमा प्रवेश गरेको छ । यस्ता देशहरु आज फलफूल, तरकारी र अन्नका ठूलो निर्यातक हुन् । उनीहरुले देशमा सीमित प्राकृतिक स्रोतसाधनका बाबजुद पनि आफूसँग भएको अवसरलाई भरपूर प्रयोग गरेका छन् । नेपालसँग पनि महङ्खवपूर्ण विशेष सम्पत्ति छन् । समर्पित एवम् इमानदार श्रमशक्ति छ । भारतबाट पनि नेपाललाई ‘ब्याकफोर्स’ छ । किनभने भारत विश्वको ठूलो श्रमशक्ति भएको मुलुक हो ।

अब यी सम्पूर्ण प्राकृतिक र मानव संसाधनलाई प्राप्त अवसरहरुसँग जोड्ने हो भने देशको अर्थतन्त्रको ‘रोडम्याप’ तय गर्न समस्या हुँदैन । त्यसैले बैङ्कहरुले युवा पुस्ताको चाहनालाई बुझ्नुपर्छ । आज मानिसहरु बैङ्कमा पुगेर घण्टौं समय बिताउँछन्, जुन युवालाई मन पर्दैन ।

बैङ्कको खाता खोल्न होस् वा कुनै किसिमको कारोबार गर्न नै किन नहोस्, बैङ्कमा धाएर लाइन बस्नुपर्ने बाध्यता छ । मानिसहरु विद्युतीय कारोबार गर्न रुचाउँछन् । आधारभूत रुपमा अहिले अर्थतन्त्र नगदमा आधारित कारोबारबाट विद्युतीय कारोबारमा परिवर्तन हुँदै छ । सेवाग्राहीहरुको यो चाहनालाई बैङ्कले बुझ्नुपर्छ । अब बैङ्कले पहिलो आफ्नै कार्यसम्पादनको मोडललाई परिवर्तन गरेर विद्युतीय प्रणालीमा प्रतिस्थापित हुन आवश्यक छ ।

क्यापिटल बिजनेस म्यागजिनबाट